IME Life New

चार महिनामा रु. १७ अर्ब विदेशी लगानीको प्रतिबद्धता, अधिकांश पर्यटन व्यवसायमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ४ महिनामा प्रत्यक्ष वैदेशिक लगानीका लागि प्राप्त प्रतिबद्धतामध्ये अधिकांश घरेलु तथा साना उद्योग र पर्यटन व्यवसायको क्षेत्रमा मात्र केन्द्रित रहेको पाइएको छ।

उद्योग विभागका अनुसार कात्तिक मसान्तसम्ममा कुल १७ अर्ब ३ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिँदा अधिकांश साना लगानीका व्यवसायका लागि स्वीकृति दिइएको छ।

Esewa
Crest

प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धतामा समीक्षा अवधिमा गिरावट देखिएको छ। गत आर्थिक वर्ष २०८०।८१ मा १८ अर्ब ३५ करोड रुपैयाँ वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको थियो।

पछिल्लो ४ महिनामा जम्मा १५४ उद्योग दर्ता भएका छन्। यीमध्ये १५१ साना उद्योगमात्र छन्। तीमध्ये पनि ११३ वटा पर्यटन (साना होटल तथा रेस्टुरेन्ट) व्यवसायमा लगानीको प्रतिबद्धता प्राप्त भएको छ।

उद्योग विभागका अनुसार गत आव २०८०।८१ मा कुल ४०७ उद्योगमध्ये १९७ पर्यटन उद्योगका रुपमा दर्ता भएका थिए।

सरकारले प्रत्यक्ष वैदेशिक लगानीका लागि न्यूनतम लगानीको सीमा २ करोड रुपैयाँमा सीमित गरेपछि खुद्रे लगानीको संख्या ह्वात्तै बढेको छ। विदेशी लगानीकर्तालाई लगानीको सुरक्षा र स्थिर राजनीतिक र नीतिगत अवस्थाको प्रत्याभूति दिन नसक्दा ठूला लगानी भित्रिएका छैनन्।

पछिल्लो समयमा अधिकांश ठूला लगानी जलविद्युत परियोजनामा मात्र सीमित छन्।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS