IME Life New

चार जिल्लामा तीन महिनासम्म एउटै निर्जीवन बीमालेख बिकेन,काठमाडौंमै निर्भर व्यापार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले सबै नागरिकमा बीमासम्म पहुँच पुर्याउने लक्ष्य लि‌ंदै बीमामा अनुदान र जनचेतनामूलक कार्यलाई अभियानकै रुपमा अघि सारे पनि देशका चार जिल्लामा चालू आर्थिक वर्षको पहिलो तीन महिनामा निर्जीवन बीमाको कारोबार शुन्य रह्यो । नेपाल बीमा प्राधिकरणका अनुसार असोज मसान्तसम्ममा सुदूरपश्चिमको दार्चुला, लुम्बिनीको रोल्पा र गण्डकीको मनाङ जिल्लामा निर्जीवन बीमा कारोबारका हिसाबले एउटा पनि बीमालेख बिक्री भएन ।

नेपाल बीमा प्राधिकरणका अनुसार समीक्षा अवधिमा बैतडी, मुस्ताङ, रोल्पा र दार्चुलाबाट कुनै पनि दाबी परेनन् ।

Esewa
Crest

निर्जीवन बीमा कम्पनीका लागि काठमाडौ‌ं जिल्ला नै मुख्य व्यापार केन्द्रका रूपमा रहँदै आएको छ। गत असोज मसान्तसम्ममा चालू आवमा बिक्री गरिएको बीमालेख स‌ंख्या,बीमाशुल्क आम्दानी, बीमा दाबी संख्या र रकम सबै हिसाबले काठमाडौ‌ं नै अघि छ।  काठमाडौं जिल्लामा तीन महिनाको अवधिमा १ लाख ९९ हजार ५२९ बीमालेख जारी गरेर निर्जीवन बीमकले कूल ५ अर्ब ७६ करोड १२ लाख ८० हजार रुपैयाँ स‌ंकलन गरेका छन् । यहाँ १७ हजार ९४२ वटा बीमा दाबीवापत कूल २ अर्ब १४ करोड ९ लाख २० हजार रुपैयाँ भुक्तानी गरिएको छ।

 

निर्जीवन बीमाको विषयवस्तु नेपालको जुनसुकै भूगोलमा वा विदेशमा समेत(सामुद्रिक बीमा, ढुवानी बीमा) भएपनि बीमालेख काठमाडौंबाट जारी गरिएको छ भने बीमा कारोबार काठमाडौंमै गणना गरिने भएकाले पनि यो जिल्लामा निर्जीवन बीमाको कारोबार अत्यधिक केन्द्रित देखिएको हो । काठमाडौं केन्द्रित कर्पोरेट कार्यालयहरुले देशैभर रहेका आफ्ना उद्योग व्यापार सम्पत्ती कर्जा सुरक्षण र मजदुर र कर्मचारीको बीमालेख काठमाडौंबाटै खरिद गर्ने भएकाले पनि यस्तो अवस्था भएको हो ।

बीमालेख स‌ंख्या र कारोबारका हिसाबले निर्जीवन बीमकका लागि दोश्रो ठूलो बजार रुपन्देही जिल्ला हो । उद्योग व्यापार भारतसँगको अन्तर्राष्ट्रिय कारोबार र मोटरगाडीको बिक्री र दर्ता र वैदेशिक रोजगारमा जाने श्रम शक्तिबाट प्राप्त रेमिट्यान्स समेतको हिसाबले यो जिल्ला काठमाडौं बाहिरको महत्वपूर्ण आर्थिक केन्द्र हो । प्राधिकरणका अनुसार रुपन्देहीमा तीन महिनाको अवधिमा ४४ हजार ८०० बीमालेख बिक्रीबाट निर्जीवन बीमकले ४१ करोड ६५ लाख ५० हजार रुपैयाँ बीमाशुल्क कमाएका छन् । बीमाशुल्क आम्दानीमा योगदानको हिसाबले रुपन्देही दोश्रो जिल्लामा परेपनि दाबी भुक्तानी रकमको आधारमा मोरङ अघि छ। मोरङले २७ करोड ९५ लाख ५० हजार दाबी भुक्तानी लि‌ंदा रूपन्देहीले २१ करोड ४६ लाख ३० हजार रुपैयाँ दाबी भुक्तानी पाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS