IME Life New

चार आर्थिक वर्षको पुरानो लाभांश बुझिलिन शेयरधनीलाई नेपाल बैंकको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंक लिमिटेडले नगद लाभांश तथा बोनश शेयर लिन बाँकी शेयरधनीहरुलाई बुझिलिन आग्रह गरेको छ । बैंकले आर्थिक वर्ष २०७५/७६, २०७६/७७, २०७७/७८ र २०७८/७९ को साधारण सभाबाट पारित नगद लाभांश तथा बोनश शेयर बुझिलिन बाँकी रहेका शेयरधनीलाई लिन आग्रह गरेको हो ।

यी विभिन्न चार आर्थिक वर्षको पुरानो लाभांश केही शेयरधनीहरूले हालसम्म पनि नलिएकाले बैंकले सूचना जारी गर्दै लाभांश बुझिलिन आग्रह गरेको हो । लाभांश लिन बाँकी रहेका शेयरधनीले आवश्यक कागजातसहित कम्पनीको रजिष्ट्रार हिमालयन क्यापिटल (साविक सिभिल क्यापिटल मार्केट) ठमेल, काठमाडौंमा निवेदन पेश गरी लाभांश लिन बैंकले भनेको छ ।

Esewa
Crest

त्यसैगरी आर्थिक वर्ष २०७५।७६ देखि २०७८।७९ सम्मको बोनश शेयरहरू सिधै डिम्याट खातामा जम्मा हुने र नगद लाभांश डिम्याट खातामा अद्यावधिक गराइएको बैंक खातामा आईपिएसमार्फत जम्मा हुने हुँदा हालसम्म पनि डिम्याट खातामा बैंक खाता अद्यावधिक नगरेका शेयरधनीलाई यथाशीघ्र अद्यावधिक गराउन समेत बैंकले यसै सूचना मार्फत जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS