IME Life New

चलनचल्तीमा रहेका रु. १ र २ का सिक्का साट्न सकिने, केरमेट भएका नसटिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले हाल चलनचल्तीमा रहेका रु. १ र २ का सिक्का सटही गर्न व्यवस्था गरेको छ।

केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टक्सार महाशाखाले आज एक सूचना जारी गर्दै रु. १ र २ का सिक्का सटही गर्न सकिने व्यवस्था गरिएको जानकारी गराएको हो। ती सिक्का टक्सार महाशाखाबाट साट्न सकिनेछ।

Esewa
Crest

सूचनामा उल्लेख भएअनुसार आफूसँग चलनचल्तीमा रहेका रु. १ र २ का कम्तीमा १०० रुपैयाँबराबरका सिक्का सटही गरेर सोबापत रकम प्राप्त गर्न सकिन्छ। सटहीबापतको रकम नगद, आईपीएस वा चेकमार्फत भुक्तानी दिइने महाशाखाले जनाएको छ।

यदि कुल रकम २० हजार रुपैयाँभन्दा माथिका सिक्का सटही गर्नुपर्ने भएमा महाशाखाको फोन नं. ०१–४१०२१८४ मा सम्पर्क गरी पूर्वजानकारी दिनुपर्नेछ। त्यसपछि महाशाखाले तोकिएको मिति तथा समयमा सिक्का सटहीका लागि बोलाउनेछ।

सटहीका लागि महाशाखामा ल्याइने सिक्का सफा र डिजाइन प्रस्ट देखिने हुनुपर्दछ। डिजाइन मेटिएको, कोरिएको र विकृत सिक्का सटही गर्न इन्कार गर्न सकिने पनि महाशाखाले प्रस्ट पारेको छ।

महाशाखाबाट चलनचल्तीमा रहेका रु. १ र २ का सिक्काबाहेक अन्य सिक्का, स्मारिका सिक्का, असर्फी, मेडालियन आदि सटही नहुने सूचनामा उल्लेख छ। सिक्का सटहीसम्बन्धी थप जानकारी महाशाखामा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS