IME Life New

चर्को गर्मीमा पड्किन सक्छ मोबाइल फोन, यी कुरामा दिऔँ ध्यान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गर्मी दिनप्रतिदिन बढ्दै गइरहेको छ। काठमाडौंमा दिउँसोको समयमा ३०–३१ डिग्री सेल्सियससम्म तापमान पुगेको छ। तराई क्षेत्रमा गर्मी झनै अचाक्ली छ। जल तथा मौसम महाशाखा अबको ३ दिन तातो हावा चल्ने पूर्वअनुमान गरिसकेको छ।

बढ्दो गर्मी मानिसलाई घर बाहिर निस्किन समस्या भइरहेको छ। दिउँसोको सडकमा मानिसको चहलपहल घट्न थालेको छ।

Esewa
Crest

पछिल्लो समय मोबाइल फोन हरेकको हात–हातमा देखिन्छ। मोबाइल फोन मानिसको अत्यावश्क उपकरण नै बनेको छ। चर्को गर्मी कतै मोबाइल फोन ब्लास्ट त हुँदैन ? हुन सक्छ। तर, यस्ता घटनाबाट बच्न केही उपाय गर्न सकिन्छ।

तपाइँले पनि यो गर्मी मौसममा आफ्नो मोबाइल ओभरहिट भएको महसुस गर्नुभएको हुन सक्छ। यो गर्मी मौसममा तपाइँको एउटा गल्तीले मोबाइल फोनमा भारी असर पर्न सक्छ। यहाँसम्म कि मोबाइल फोन ब्लास्ट पनि हुन सक्छ।

हामीले विभिन्न कारणले मोबाइल फोन पड्केका घटनाहरु थुप्रै सुनेका छौँ, पढेका छौँ। त्यस्ता घटनामा थुप्रै मानिस घाइते पनि भएका छन्। मोबाइल फोन पड्कने एउटा कारण यो चरम गर्मी पनि हुन सक्छ।

गर्मी मौसममा सुरक्षित ढंगले मोबाइल फोन प्रयोग गर्न यस्ता उपाय अपनाउनुहोस्

  • गर्मी मौसममा बिना कभर मोबाइल फोन प्रयोग गरौँ। यसो गरेमा मोबाइल फोन ओभर हिट हुनबाट जोगिन्छ। यसले मोबाइल फोन बिग्रिने सम्भावना पनि कम हुन्छ। किनकि मोबाइल फोन कभरसहित प्रयोग गर्न छिट्टै ओभर हिट हुन्छ।
  • मोबाइल फोन चार्ज गर्दा पनि विशेष ध्यान दिनुपर्छ। किनकि चार्ज गर्दा मोबाइल फोनमा निकै तात्छ। यस्तोमा ओभर हिटका कारण मोबाइल फड्किन सक्छ। त्यसैले मोबाइल फोन ओभर चार्ज गर्नुहुँदैन।
  • मोबाइल फोनलाई तातो हुने क्षेत्रमा राख्नु हुँदैन। यसले मोबाइल फोन छिट्टै बिग्रिन सक्छ।
  • मोबाइल फोन चार्ज गरिरहेको बेला प्रयोग नगर्नु नै उत्तम हुन्छ। चार्ज गरिरहेको बेला प्रयोग गर्दा मोबाइल फोन छिट्टै तात्छ। अझै चार्ज गरिरहेको मोबाइल फोनमा गेम खेल्ने, भिडियो कल गर्ने र फोटो खिच्ने काम गर्नु हुँदैन।
  • गर्मीको समयमा थुप्रै कारणले मोबाइल फोन पड्किन सक्छ। लोकल ब्याट्रीदेखि फास्ट चार्जरसम्म मोबाइल फोन पड्किने कारण बन्न सक्छन्।
  • आफ्नो मोबाइल फोन अरुको चार्जरबाट चार्ज गर्नु हुँदैन। फोनलाई घामबाट पनि बचाउनुपर्छ। चर्को घामले मोबाइल फोन छिट्टै बिग्रिन सक्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS