IME Life New

घर-जग्गामा वाणिज्य बैंकहरुबाट गयो सवा २ खर्ब कर्जा, कसको कति ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको कात्तिकसम्म वाणिज्य बैंकहरुबाट सवा २ अर्ब रुपैयाँ बढी घर–जग्गा शीर्षकमा कर्जा गएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिसम्म २० वटा वाणिज्य बैंकहरुबाट २ खर्ब २५ अर्ब ९७ करोड ७८ लाख रुपैयाँ घर–जग्गामा कर्जा गएको हो। अघिल्लो वर्ष यही अवधिमा यो शीर्षकमा वाणिज्य बैंकहरुले २ खर्ब ११ अर्ब ८९ करोड ४४ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए।

Esewa
Crest

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा १५ वटा वाणिज्य बैंकहरुबाट गएको घर–जग्गामा कर्जा बढेको छ भने ५ वटाको घटेको छ।

सबैभन्दा बढी घर–जग्गा शीर्षकमा कर्जा प्रवाह गर्ने बैंकमा एनआईसी एसिया रहेको छ। समीक्षा अवधिसम्म यो बैंकबाट २७ अर्ब २१ करोड ७५ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २९ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो। अघिल्लो वर्षको तुलना ९.०९ प्रतिशतले घर–जग्गामा जाने कर्जा घटेको छ।

दोस्रोमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ। अघिल्लो वर्ष २३ अर्ब ७४ करोड ४२ लाख रुपैयाँ घर–जग्गामा कर्जा प्रवाह गरेको समीक्षा अवधिसम्म ४.२२ प्रतिशतले बढेर २४ अर्ब ७४ करोड ७२ लाख रुपैयाँ पुगेको छ।

तेस्रो नबिल बैंक रहेको छ। नबिल बैंकले समीक्षा अवधिसम्म २३ अर्ब ७४ करोड ६८ लाख रुपैयाँ घर–जग्गामा कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २२ अर्ब ४ करोड ४२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ७.७२ प्रहरीले कर्जा प्रवाह बढेको छ।

घर–जग्गामा सबैभन्दा कम कर्जा प्रवाह गर्नेमा माछापुच्छ्रे बैंक रहेको छ। यो बैंकले समीक्षा अवधिसम्म १ अर्ब ६२ करोड ४६ लाख रुपैयाँ घर–जग्गामा कर्जा प्रवाह गरेको छ। यो अघिल्लो वर्षको यही अवधिको तुलनामा ०.५ प्रतिशतले कम हो।

त्यस्तै घर–जग्गामा आक्रमण ढंगले कर्जा विस्तार गर्नेमा कुमारी बैंक रहेको छ। अघिल्लो वर्ष १ अर्ब ४६ करोड ६८ लाख रुपैयाँ यो शीर्षकमा कर्जा प्रवाह गरेको बैंकले समीक्षा अवधिसम्म ३ अर्ब ७८ करोड ५६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्षको तुलनामा घर–जग्गा शीर्षकमा बैंकको कर्जा विस्तार १५८.०८ प्रतिशतले बढेको छ।

घर–जग्गामा कुनबाट कति कर्जा ?

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS