IME Life New

घट्यो वाणिज्य बैंकबाट जाने गाडी कर्जा, कुनबाट कति प्रवाह ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वाणिज्य बैंकहरुबाट जाने गाडी कर्जा घटेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकहरुको २०८१ साउनसम्म कुल १ खर्ब ७ अर्ब ६ करोड ५५ लाख रुपैयाँ प्रवाह भएको छ। जुन २०८० साउनकसम्मको तुलनामा ४.१८ प्रतिशतले कम हो। गत वर्ष साउनसम्म वाणिज्य बैंकहरुबाट १ खर्ब ११ अर्ब ७३ करोड १३ लाख रुपैयाँ गाडी कर्जा प्रवाह भएको थियो।

गत वर्षको तुलनामा ८ वटा वाणिज्य बैंकहरुबाट गएको गाडी कर्जा बढेको छ भने १२ वटाको घटेको छ। ग्लोबल आइएमई, नबिल, राष्ट्रिय वाणिज्य, एनएमबि, सानिमा, सिटिजन्स, कृषि विकास र नेपाल बैंकबाट गएको गाडी कर्जा बढेको छ।

Esewa
Crest

सर्वाधिक गाडी कर्जा प्रवाह गर्ने बैंकमा ग्लोबल आइएमई अगाडि छ। यो बैंकले २०८१ साउनसम्म १४ अर्ब ३९ करोड ७४ लाख रुपैयाँ गाडी कर्जा प्रदान गरेको छ। गत वर्ष साउनसम्म बैंकले १३ अर्ब ६३ करोड २४ लाख रुपैयाँ गाडी कर्जा प्रदान गरेको थियो। कर्जा ५.६१ प्रतिशतले बढेको छ।

यसैगरी दोस्रो धेरै गाडी कर्जा प्रवाह गर्ने बैंकमा नबिल बैंक रहेको छ। नबिलले चालु वर्षको साउनसम्म ११ अर्ब १६ करोड ३२ लाख रुपैयाँ गाडी कर्जा प्रवाह गरेको छ। गत वर्ष साउनसम्म नबिलबाट ८ अर्ब २६ करोड ५४ लाख रुपैयाँ गाडी कर्जा गएको छ। गत वर्षको तुलनामा गाडी कर्जा ३५.०१ प्रतिशतले बढेको छ।

तेस्रोमा कुमारी बैंक रहेको छ। कुमारीले चालु वर्षको साउनसम्म ६ अर्ब ५० करोड ९६ लाख रुपैयाँ गाडी कर्जा प्रदान गरेको छ। गत वर्ष साउनसम्म कुमारीले ८ अर्ब १ करोड १४ लाख रुपैयाँ गाडी कर्जा प्रदान गरेको थियो। गत वर्षको तुलनामा कर्जा १८.७५ प्रतिशतले घटेको छ।

सबैभन्दा कम नेपाल एसबीआई बैंकले गाडी कर्जा प्रवाह गरेको छ। चालु वर्षको साउनसम्म बैंकबाट २ अर्ब ३ करोड ४१ लाख रुपैयाँ गाडी कर्जा गएको छ। गत वर्ष साउनसम्म बैंकले २ अर्ब २२ करोड ५ लाख रुपैयाँ गाडी कर्जा प्रदान गरेको थियो। गत वर्षको तुलनामा गाडी कर्जा ८.४० प्रतिशतले घटेको छ।

कुन बैंकबाट कति गाडी कर्जा प्रवाह ?

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS