IME Life New

घट्यो मुद्रास्फीति, हिमाली क्षेत्रमा सबैभन्दा बढी महँगी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा महँगी नियन्त्रण उन्मुख रहेको देखिएको छ।

नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्षको ५ महिना मंसिरसम्मको तथ्यांकले यस्तो देखाएको हो। २०८० मंसिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९५ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.३८ प्रतिशत रहेको थियो।

Esewa
Crest

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.१० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८४ प्रतिशत रहेको छ।

२०८० मंसिर महिनामा अघिल्लो वर्षको सोही महिनाको तुलनामा घ्यू तथा तेल, तरकारी र मासु तथा माछा उप–समूहमा रहेका वस्तुहरुको मूल्यमा कमी आएको, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य दुई पटक घटाएको तथा २०८० कात्तिक महिनाको तुलनामा मंसिर महिनामा तरकारी, फलपूmल, मरमसला, चिनीजस्ता वस्तुहरुको मूल्यमा कमी आएकोले मुद्रास्फीतिमा कम चाप पर्न गएको छ।

वार्षिक बिन्दुगत आधारमा २०८० मंसिर महिनामा आयात मूल्य सूचकाङ्क ३.३ प्रतिशतले घटेको छ भने तलब तथा ज्यालादर र थोक मूल्यको वृद्धि दरमा कमी आएको छ। यसले उपभोक्ता मुद्रास्फीतिमा कमी ल्याउन सहयोग पुगेको छ।

२०८० मंसिर महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.४२ प्रतिशत, तराईको ४.२६ प्रतिशत, पहाडको ५.४२ प्रतिशत र हिमालको ७.४६ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा ती क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ६.५६ प्रतिशत, ८.०० प्रतिशत, ७.३२ प्रतिशत र ६.४८ प्रतिशत थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS