IME Life New

ग्लोबल मनी विकको अवसरमा समृद्धि फाइनान्सद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल मनी विकको अवसरमा समृद्धि फाइनान्सले चैत्र ८ गते बिहिवार बुटवल शाखा र चैत्र ९ गते शुक्रवारको दिन कसाहा शाखा र बनेपा शाखाबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । प्रोटेक्ट यार मनी, सेक्योर योर फियुचर भन्ने मूल नाराका साथ बुटवल शाखा बाट साधना महिला विद्यालयका ८६ जना महिला विद्यार्थीलाई, कसाहा शाखाबाट दिव्य शक्ति तरकारी खेती पकेट समुह धनगडी माइ ७ फुलकाहाका ४९ किसानहरुलाई र बनेपा शाखाबाट काभ्रे मल्टीपल क्याम्पसका ५३ जना विद्यार्थीहरुलाई वित्तिय साक्षरता दिईएको थियो।

अनावश्यक खर्चहरुलाई कटौती गरेर बचतको बानी बसाल्न सके भविष्यको जीवनयापन सहज बनाउन सकिने तथा विभिन्न डिजिटल बैंकिङ कारोबार तथा यसका अवसर र चुनौतीको विषमा प्रस्तुतीकरण गरिएको थियो । ग्लोबल मनी विकको अवसरमा फाइनान्सले आफ्ना सम्पूर्ण शाखाहरु बाट विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको र आगामी दिनमा पनि यस्तै कार्यक्रमहरु लाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

Esewa
Crest

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS