IME Life New

ग्लोबल मनी विकको अवसरमा कामना सेवा विकास बैंकको डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंक बुटवल क्षेत्रले ग्लोबल मनी विकको उपलक्ष्यमा बुटवलका उद्योगी व्यापारीहरुलाई लक्षित गरि डिजिटल वित्तीय साक्षरता कार्यक्रम चैत १० गते सम्पन्न गरेको छ । कार्यक्रममा उद्योगी व्यापारी तथा प्रतिनिधि गरी १५० जनाको उपस्थिति रहेको थियो । विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने ओइस्डििको संयोजनमा हरेक वर्ष मार्च १८ देखि २४ सम्म मनाउने गरिन्छ ।

बैंकका सञ्चालक  भिम प्रसाद तुलाचनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रुपन्देही प्रहरी प्रमुख रञ्जीत सिंह राठोरको प्रमुख आतिथ्यता रहेको थियो । लघुवित्त संघका अध्यक्ष, उद्योगी व्यापारीहरु तथा विभिन्न संघका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा बैंकका कानुन विभागका प्रमुख डण्डापानी भट्टराई तथा केन्द्रीय सञ्चालन विभागका प्रमुख राहुल कुमारले प्रस्तुतीकरण गरेका थिए ।

Esewa
Crest

आजको युग डिजिटल युग भएको र यस डिजिटल युगमा अनेक अवसर भएता पनि डिजिटल माध्यमबाट नै धेरै ठगी हुने भएको भन्दै अनलाईन ठगी र डिजिटल बैंकिङको चुनौतीको बारेमा प्रस्तुतीकरण गरिएको थियो ।  डिजिटल वित्तिय साक्षरता कार्यक्रम बैंकका बुटवल क्षेत्रको प्रमुख खीम लाल भुसालको सञ्चालनमा भएको थियो भने व्यापार संघका अध्यक्ष दिपक प्रसाद अधिकारीले यस्तो डिजिटल वित्तिय साक्षरता कार्यक्रम निकै उपयोगी रहेकोले बैंक प्रति आभार व्यतm गदैं आगामी दिनमा समेत सहकार्यको अपेक्षा व्यतm गरे ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS