IME Life New

ग्लोबल मनी विकः नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयद्वारा वित्तीय चेतना अभिवृद्धि कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल मनी विक २०२४ (चैत ५– ११) को अवसरमा नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ । चैत ५ गते विराटनगर महानगरपालिका भित्र रहेका उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरु सहभागी गराई निबन्ध प्रतियोगिता आयोजना गरेको बैंकले सोही दिन विराटनगरस्थित महेन्द्र माध्यमिक विद्यालयमा प्राथमिक तहमा अध्ययनरत विद्यार्थीहरुलाई खुत्रुके वितरण गरेको थियो ।

युवा विद्यार्थीलक्षित वित्तीय चेतना अभिवृद्धि कार्यक्रमलाई प्राथमिकता दिँदै बैंकले चैत ६ गते सुनसुरी जिल्लाको भुटाहास्थित बालकृष्ण माध्यमिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययरत ५० जना विद्यार्थीहरुलाई र चैत ८ गते कटहरी गाउँपालिका ७ थलाहास्थित जनता माध्यमिक विद्यालयका कक्षा ११ मा अध्ययनरत ६० जना विद्यार्थीहरुलाई सहभागी गराई सम्बन्धित विद्यालयमा नै बचत, लगानी, कर्जा, बीमा, बिप्रेषण, डिजिटल बैंकिङ लगायतका विषयहरु समेटेर कक्षा सञ्चालन गरेको थियो ।

Esewa
Crest

कार्यक्रमा नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयका निर्देशक इन्द्रा चम्लागाई मैनालीले विद्यार्थीहरुलाई आफुले सिकेको ज्ञान अभिभावक, साथीभाई, छिमेकीहरुमा पनि बाड्न अनुरोध गरेका थिए ।

बैंकले चैत ७ गते विराटनगर महानगरपालिकास्थित सत्यनारायण माध्यमिक विद्यालयका कक्षा ११ मा अध्ययनरत ५० जना विद्यार्थीहरुलाई नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयको अवलोकन भ्रमण गराउनुका साथै बैंकको सभाहलमा वित्तीय चेतना अभिवृद्धि कक्षा सञ्चालन गरेको थियो ।

साथै, बैंकले सर्वसाधारण जनतालाई लक्षित गरी स्थानिय एफ।एम। हरुमा ग्लोबल मनी विक अवधिभर जानकारीमुलक सामाग्रीहरु समेत प्रशारण गरेको थियो ।

चैत ११ गते बैंकले निबन्ध लेखन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई क्रमश रु। दश हजार, रु पाँच हजार र रु तीन हजार नगद पुरस्कार सहित प्रमाण पत्र तथा मेडल प्रदान गरेको छ ।

निबन्ध लेखन प्रतियोगितामा पोखरिया माध्यमिक विद्यालयकी श्रेया गुप्ता प्रथम, बाल कल्याण माध्यमिक विद्यालयकी स्वीकृती अधिकारी द्वितीय र आदर्श माध्यमिक विद्यालयका आदर्श बराल तृतीय भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS