IME Life New

ग्लोबल आईएमई बैंक र कतारको कमर्सियल बैंक बीच रेमिट्यान्स कारोबार सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: ग्लोबल आईएमई बैंक र कतारस्थित कमर्सियल बैंकबीच रेमिट्यान्स व्यापार कारोबार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । कतार स्थित कमर्सियल बैंक, कतारमा रहेका वाणिज्य बैंकहरु मध्येको ठूलो शाखा सञ्जाल भएको बैंक मध्ये एक हो। जसको कतारभर वृहत शाखा संजाल रहेको छ। यो सम्झौता पश्चात कमर्सियल बैंकको कतारमा रहेका शाखाहरु मार्फत पठाएको पैसा ग्लोबल आईएमइ बैंक को नेपाल भर जुनसुकै शाखाबाट लिन सकिने छ ।

ग्लोबल आइएमई बैंक रेमिट्यान्सलाई प्राथमिकतामा राखी बिगत १० वर्षदेखि विभिन्न मुलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आइरहेको अग्रणी बैंक हो।
बैंकले हाल १२९ शाखाहरु, ५ वटा एक्सटेन्सन काउण्टर तथा ९० शाखा रहित बैंकिङ्ग सेवा, ७००० भन्दा बढि एजेन्ट मार्फत सेवा दिँदै आइरहेको छ ।  ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS