IME Life New

ग्लोबल आइएमई लघुवित्त सातौँ वर्षमा प्रवेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड शुभारम्भ भएको छैटौँ वर्ष पुरा गरि सातौ वर्षमा प्रवेश गरेको छ ।

संस्था सातौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा संस्थाका अध्यक्ष बद्धि अकेलाले संस्था सञ्चालनको ६ वर्ष सफलतापुर्वक सम्पन्न भएको र आगामी वर्षहरु पनि संस्थाले प्रगति गर्दै जाने विश्वास व्यक्त गरे ।

Esewa
Crest

वार्षिक उत्सव अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत किरण कुँवरले संस्था सातौँ वर्ष प्रवेश गरेको शुभअवसरमा विपन्न वर्गको समृद्ध भविश्य भन्ने मूल मन्त्र जपि संस्था सञ्चालनको यात्राका पाइलाहरु अघि वढाउदै ६ वर्ष पार गर्दै ७ औँ वर्षमा प्रवेश गर्न सफल भएको बताए । कम्पनीको यात्रा अभियानमा साथ दिनु हुने समस्त शेयरधनीहरु, सदस्य ग्राहकहरु, नियमनकारी निकायहरु, कर्मठ कर्मचारीहरु एवम शुभचिन्तकहरु सवैमा हाद्र्धिक कृतज्ञता व्यक्त गरे ।

कम्पनी ऐन, २०६३ बमोजिम मिति २०६९/११/२४ गते नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भै मिति २०७०/०२/०१ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोवार गर्न इजाजत प्राप्त गरी मिति २०७०/०२/०५ गते रजिष्टर्ड कार्यालय लमजुङ जिल्लाको बेसीशहरवाट वित्तीय कारोवार संचालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS