IME Life New

ग्लोबल आइएमई लघुवित्तलाई राष्ट्रियस्तरको मान्यता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको मान्यता पाएको छ । २०७० सालबाट लघुवित्त कार्यक्रम संचालन गर्दै आएको यस संस्थाले हाल ४५ जिल्ला कार्यक्षेत्रमा लघुवित्त सेवा प्रदान गर्दै आएको थियो ।

संस्थाको २०७५।७।२९ मा सम्पन्न छैटौ वार्षिक साधारण सभावाट स्विकृत भएको राष्ट्रिय स्तरको वित्तीय संस्था वनाउने प्रस्तावलाई नेपाल राष्ट्र बैकवाट २०७५।१०।१८ गतेको निर्णयवाट संस्थाले राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको मान्यता प्राप्त गरेको हो ।

Esewa
Crest

हालसम्म संस्थाको ४५ जिल्लाहरुमा ६३ वटा शाखा कार्यालय मार्फत लघुवित्त कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले ६४ हजार ५ सय ७३ जना सदस्यवाट ५८ करोड ८३ लाख वचत संकलन गरी ३८ हजार ५ सय ५८ जना लघुउद्यमी सदस्यहरुलाई २ अर्व ३३ करोड ३४ लाख रुपैया कर्जा लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS