IME Life New

ग्लोबल आइएमई लघुवित्तको १९%ले बढ्यो नाफा, ईपीएसमा पनि सुधार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आज चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ४ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ३ लाख ४० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा नाफा १९.०३ प्रतिशतले बढेको छ।

Esewa
Crest

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा संस्थाले ५ करोड ७८ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ। अघिल्लो वर्ष संस्थाले ४ करोड ८६ लाख रुपैयाँ सञ्चालन मुनाफा भएको थियो। सञ्चालन मुनाफा १८.९७ प्रतिशतले बढेको छ।

संस्थाको ब्याज आम्दानी घटेर १३ करोड ७१ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाको ब्याज आम्दानी १५ करोड ५७ लाख रुपैयाँ थियो।

प्रथम त्रैमाससम्म संस्थाले ३ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरेर ९ अर्ब ८४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले ३ अर्ब ७ करोड रुपैयाँ निक्षेप संकलन गरेर ८ अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

चुक्तापुँजी ६१ करोड ८९ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भमा ५४ करोड ३४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिजर्भमा ५० करोड २९ लाख रुपैयाँ थियो। रिजर्भको आकार ८.०५ प्रतिशतले बढेको छ।

संस्थाको खराब कर्जा अनुपात (एनपीएल) घटेर ४.३५ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष एनपीएल ४.७६ प्रतिशत थियो।

संस्थाको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर २६.१६ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस २१.९८ रुपैयाँ थियो। पीई रेसियो ५०.४६ गुणा रहेको संस्थाको प्रतिशेयर नेटवर्थ १८७.८० रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS