IME Life New

ग्लोबल आइएमई लघुवित्तको वार्षिक साधारणसभाबाट १०% नगद लाभांश अनुमोदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको ११ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७९/८० को लाभांश अनुमोदन भएको छ।

आज पोखराको लेकसाइडस्थित बेस्ट रिसोर्ट नेपालमा सम्पन्न वार्षिक साधारणसभाले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको १० प्रतिशतले हुन आउने ६ करोड १८ लाख ९० हजार ४.५० रुपैयाँ नगद लाभांश (करसहित) अनुमोदन गरेको छ।

Esewa
Crest

सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि पारित गरेको छ। सभाले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम संस्थाको संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने विशेष प्रस्ताव अनुमोदन गरेको छ।

एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त संस्थाहरु गाभ्ने वा प्राप्ति गर्ने प्रयोजनका लागि उपयुक्त देखिएमा सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव सभाले पारित गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS