IME Life New

ग्लोबल आइएमई क्यापिटलद्वारा लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा साताब्यापी रुपमा विविध कार्यक्रमहरु आयोजना गरी मनाउने सिलसिलामा नेपाल धितोपत्र बोर्ड तथा नेपाल मर्चेन्ट बैंकर्स संघको समन्वयमा ग्लोबल आइएमई क्यापिटलले चौतारा बहुमुखी क्याम्पस, चौतारा, सिन्धुपाल्चोकमा कार्तिक ९ गते धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताहरुलाई लगानी शिक्षा, सचेतना तथा बजार विकास लगायतका बारेमा लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट कम्पनी सचिव छविलाल शर्मा पौडेलले पूँजी बजारसँग सम्बन्धित विभिन्न पक्षहरुको बारेमा प्रस्तुति दिएका थिए ।

Esewa
Crest

कार्यक्रममा प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाका उप–मेयर सीता थापाले पूँजी बजारसँग सम्बन्धित साक्षरता कार्यक्रमले लगानीको बारेमा आधारभुत ज्ञान प्राप्त गर्ने अवसर मिलेको र शेयरमा लगानी गरेमा बढि भन्दा बढि आय आर्जन गर्न सकिने बताइन भने अतिथि वडा नं.५ का वडाध्यक्ष शिव श्रेष्ठले विद्यार्थी भाइवहिनीहरुले यस्ता कार्यक्रमबाट शेयरको प्राथमिक बजारमा लगानी गरि अधिकतम लाभ लिन सक्ने बताए ।

त्यसैगरी चौतारा बहुमूखी क्याम्पसका प्राध्यापक तथा श्रीकृष्ण रत्नगंगा उच्च मा.वि.का शिक्षक हरिगोपाल श्रेष्ठले यस कार्यक्रमबाट आफुले शेयरको बारेमा धैरै कुरा बुझ्न सहयोग मिलेको बताउँदै विद्यार्थी भाइवहिनीहरुलाई विभिन्न कम्पनीले निष्कासन गर्ने शेयरमा लगानी गरेमा फाइदा हुने र पढ्दै कमाउँदै गर्न सकिने धारण राखे ।

त्यस्तै, ग्लोबल आइएमई बैंक, चौताराका शाखा प्रमुख नविन श्रेष्ठले डिम्याट तथा मेरो शेयर खाता खोली पूँजी बजारमा आवद्ध हुन उपस्थित सबैमा अनुरोध गरे ।

कार्यक्रममा चौतारा बहुमूखी क्याम्पसका प्राध्यापक, विद्यार्थी तथा कर्मचारीहरु, श्रीकृष्ण रत्नगंगा उच्च मा.वि.का शिक्षक, विद्यार्थी तथा कर्मचारीहरु, विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरु तथा सरोकारवाला निकायको उलेख्य सहभागिता रहेको थियो ।

विश्व लगानीकर्ता सप्ताहबाट धितोपत्र सम्बन्धी सूचना, गतिविधि तथा महत्वका बारेमा नयाँ लगानीकर्तालाई जानकारी दिन तथा पुराना अनुभवी लगानीकर्तालाई थप प्रोत्साहन गर्नको लागि सिन्धुपाल्चोकको चौतारामा गरिएको उक्त कार्यक्रमले सहयोग पुग्ने विश्वास गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS