IME Life New

ग्लोबल आइएमईको लोभलाग्दो यात्राः निक्षेप ५ खर्ब माथि पुग्दा ग्राहक पनि पुगे ५० लाख बढी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुलुककै ठूलो बैंक ग्लोबल आइएमई बैंकले निक्षेप वृद्धि तथा ग्राहक संख्या वृद्धिमा उच्च स्थान हासिल गरेको छ। निक्षेप ५ खर्ब बढी रहेको ग्लोबल आइएमई बैंकको ग्राहक संख्या पनि ५० लाखभन्दा बढी पुगेको छ। जुन अन्य बैंकको तुलनामा उच्च हो।

नेपाल राष्ट्र बैंकले पछिल्लो विवरणअनुसार वाणिज्य बैंकहरुको कुल निक्षेप ५६ खर्ब ७४ अर्ब रुपैयाँ रहेको छ। जसमध्ये ग्लोबल आइएमईको मात्रै ५ खर्ब बढी रहेको हो। बढ्दो वित्तीय समावेशीकरण, आर्थिक गतिविधि र विप्रेषण प्रवाहका कारण बैंकमा निक्षेप बढेको बैंकले जनाएको छ।

Esewa
Crest

वाणिज्य बैंकहरुको कुल निक्षेपसँग तुलना गर्दा ग्लोबल आइएमईको निक्षेपतर्फको बजार हिस्सा ८.८३ प्रतिशत हाराहारी रहेको छ। जुन अन्य बैंकको तुलनामा उल्लेख्य बढी हो। ‘निक्षेप रकम ५०० अर्ब रुपैयाँ पुग्नु हाम्रो लागि एक उल्लेखनीय उपलब्धि हो’, बैंकले भनेको छ।

निक्षेपमा उल्लेख्य वृद्धि गरेको बैंकको ग्राहक संख्या पनि ५० लाख नाघिसकेको बैंकले जनाएको छ। २०६३ सालमा स्थापना भएको यो बैंकले स्थापनाको १७ वर्षमै विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर तथा एक्विजिसन गर्दै अधिकांश वित्तीय सूचकहरुमा मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको बैंक हो।

पुँजी, शाखा सञ्जालका साथसाथै कुल निक्षेप र ग्राहक संख्यामा पनि ग्लोबल आइएमई नेपालका बैंक तथा वित्तीय संस्थाहरुमध्ये पहिलो नम्बरमा रहेको बनेको हो। ग्लोबल आइएमई मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो बैंक हो। बैंकका १ हजार १०० भन्दा बढी सेवा केन्द्र, जसमा ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय छन्।

बैंकले नेपाली नागरिकलाई बैंकिङ सेवाहरु प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशबाट रेमिट्यान्स भित्र्याउने सुविधा पनि दिँदै आएको छ। बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायत अन्य देशबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ।

बैंकको सञ्चालक समिति अध्यक्षमा चन्द्रप्रसाद ढकाल छन् भने प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS