IME Life New

ग्राहक जोगाउन सित्तैमा उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउँदै पुराना कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । इन्टरनेट सेवा प्रदायक संघ(आइसपान) मार्फत् अघोषितरुपमा इन्टरनेट सेवाको मूल्यमा कार्टेलिङ गर्दै आएका पुराना इन्टरनेट सेवा प्रदायकहरुलाई ग्राहक जोगाउन चुनौती खडा भएको छ ।

चौधरी समूह अन्तर्गतको सिजी नेटले सर्वाधिक सस्तो मूल्यमा सर्वाधिक उच्च गतिको इन्टरनेट सेवालाई उपत्यकाभरको ग्राहकको घरदैलोमा धमाधम बिस्तार गर्न थालेपछि बजार हिस्सा गुम्ने डरले अन्य पुराना कम्पनीहरु धमाधम पुराना ग्राहकलाई रिझाई राख्न नयाँ नयाँ प्याकेज घोषणा गर्न थालेका छन् ।

Esewa
Crest

राजधानीमा ग्राहक संख्याको आधारमा ठूला तीन कम्पनीको रुपमा रहेको पुराना इन्टरनेट सेवा प्रदायकहरु वल्र्ड लिंक, भाया नेट, क्लासिक टेकले ग्राहकलाई इन्टरनेट सेवाको गति स्वतःस्फूर्तरुपमा दोब्बरभन्दा बढी स्तरोन्नती गरेको दाबी गर्दै एसएमएस र इमेल गर्न थालेका छन् । तीनवटै सेवा प्रदायकले इस्वी संवतको नयाँ वर्ष २०२२ लाई लक्षित गर्दै सिजी टेलिकमबाट नयाँ योजना आउन सक्ने संभावनालाई मध्यनजर गर्दै मंसिर अन्तिम साताबाटै कथित अपग्रेडको घोषणा गरेका हुन् ।

क्लासिक टेकबाट ५० एमबिपिएस क्षमताको इन्टरनेट सेवा लिएका ग्राहकको इन्टरनेट स्पिड २ सय एमबिपिएस पु¥याइएको कम्पनीले दाबी गरेको छ । पहिले ५० एमबिपिएस क्षमताभन्दा बढी इन्टरनेट सेवा प्रदान गर्न संभव नभएको भन्दै आनाकानी गर्ने पुराना खेलाडीहरुको अहिले घोषणा गरिएको सबै नयाँ प्याकेजहरु १०० एमबिपिएस क्षमताभन्दा बढी रहेको छ ।

सेवा प्रदायकहरुको दाबी विपरित आम उपभोक्ताहरुले सधैंभरि इन्टरनेटको खराब गतिको सम्बन्धमा नियमितरुपमा गुनासो गरिरहेका छन् । वल्र्ड लिंक, क्लासिक टेक, भायानेटको फेसबुक पेजमा सुस्तगतिको इन्टरनेट सम्बन्धमा ति कम्पनीको अधिकांश ग्राहकले गरेको नकारात्मक टिप्पणीले नै इन्टरनेट सेवा प्रदायकको सेवाको गुणस्तरलाई प्रष्ट पार्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS