IME Life New

ग्राहकको हकहित संरक्षणमा बैंक तथा वित्तीय संस्था प्रतिबद्धः सिबिफिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले बैंक तथा वित्तीय संस्थाहरु ग्राहकको हकहित संरक्षणमा प्रतिबद्ध रहेको जनाएको छ। सिबिफिनले आज विज्ञप्ति जारी गर्दै निक्षेपकर्ता तथा समग्र ग्राहकको हकहितका विषयमा कुनै पनि जोखिम सिर्जना नभएको दाबी गर्दै समग्र सरोकारवालाको हकहित संरक्षण गर्ने विषयमा सिबिफिन र सम्पूर्ण बैंक वित्तीय संस्था पूर्ण रुपमा प्रतिबद्ध रहेको जनाएको छ।

मुलुकको समग्र अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेका र सोहीबमोजिमको कर्तव्य र भूमिकासमेत निर्वाह गर्दै लाखौँ ग्राहकलाई अन्तर्राष्ट्रियस्तरको बैंकिङ सेवा प्रवाह गरिरहेका बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध विगत केही दिनदेखि केही व्यक्ति÷समूहबाट बैंक तथा वित्तीय संस्थाको साख, गरिमा, विश्वसनीयतामा ठेस पुग्ने गरी विभिन्न अफवाह फैलाउने र आशंका एवं अविश्वास बढाउने खालका समाचार सम्प्रेषण गर्ने कार्यहरुप्रति सिबिफिनले गम्भीर ध्यानाकर्षण जनाएको छ। सवल नियमनकारी निकायको सूक्ष्म निगरानीमा तथा प्रचलित कानुन तथा नियमनकारी निकायले जारी गरेका नीतिनिर्देशनहरुको अक्षरशः पालना गर्दै सञ्चालित बैंक तथा वित्तीय संस्थाहरुको अत्यन्त सबलीकरण र पारदर्शी रुपमा सञ्चालन हुने सुनिश्चितता गर्न सिबिफिनले माग गरेको छ।

Esewa
Crest

विज्ञप्तिमा बैंक तथा वित्तीय संस्था सञ्चालनसम्बन्धी ऐन २०७३, तथा सो ऐनबमोजिम जारी भएको नियम तथा सोबमोजिम नेपाल राष्ट्र बैंकले जारी गर्ने निर्देशनबमोजिम बैंक तथा वित्तीय संस्था सञ्चालन हुने जनाइएको छ। अन्तर्राष्ट्रिय मापदण्डका आधारमा नेपाल राष्ट्र बैंकबाट नियमित रुपमा सुपरिवेक्षण तथा अनुगमन भई विभिन्न निर्देशन जारी हुने र सोको परिपालनाको नियमित अनुगमन हुने र निर्देशन पालना नभए कानुनबमोजिम आवश्यक कारबाही हुने व्यवस्था गर्न सिफिबिनले आग्रह गरेको छ।

बैंक तथा वित्तीय संस्थाहरुको आर्थिक परिसूचकहरु जस्तै क्यापिटल एडुकेसी रेसियो, लिक्विडिटी रेसियो, सीडी रेसिया र क्यास रिजर्भ रेसियोलगायतका विभिन्न प्रमुख वित्तीय तथा गैरवित्तीय परिसूचकहरुको सम्बन्धमा नियममित रुपमा आन्तरिक तथा नियामकमार्फत समेत अनुमगन हुने र सोसम्बन्धी केही कैफियत भए तुरुन्त समाधान गर्न निर्देशन दिने र निर्देशन पालना नभए कानुनबमोजिम कारबाही हुने व्यवस्था गर्न सिबिफिनले माग गरेको छ।

नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनबमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दति खातामा रहेको रु. ५ लाखसम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको ‘निक्षेप तथा कर्जा सुरक्षण कोष’ मार्फत सुरक्षण गरिएको हुनुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ।

यी तथ्यलाई मध्यनजर गर्दै २०८० पुस मसान्तसम्म कुल ग्राहस्थ उत्पादनको ११३.९३ प्रतिशत निक्षेप, कुल ग्राहस्थ उत्पादनको ९४.४७ प्रतिशत कर्जा लगानी, ६ हजार ४४१ शाखा सञ्जाल रहेको बैंक तथा वित्तीय संस्थाहरुको मुख्य वित्तीय परिसूचकहरु स्वस्थ एवं सवल रहेको, सर्वसाधारण निक्षेपकर्ता तथा समग्र ग्राहकको हकहितका विषयमा कुनै पनि जोखिम सिर्जना नभएको जानकारी गराउँदै समग्र सरोकारवालाहरुको हकहित संरक्षण गर्ने विषयमा सिबिफिन र सम्पूर्ण बैंक तथा वित्तीय संस्था पूर्ण रुपमा प्रतिबद्ध र दृढ संकल्पित रहेको सिबिफिनले जनाएको छ। ‘तसर्थ, केही व्यक्ति तथा समूहले फैलाएका भ्रामक तथा तथ्यहीन विषयहरुको पछि नलागी आफू सम्बद्ध बैंक तथा वित्तीय सस्थाहरुको वास्तविक तथ्यहरुका बारेमा बुझनुपरेमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाका आधिकारिक प्रतिनिधिहरुलाई सम्पर्क गर्नसमेत सम्पूर्ण ग्राहकमा अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS