IME Life New

ग्रामीण विकास लघुवित्तले डाक्यो साधारण सभा, यस्ता छन् ५ एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले आफ्नो नवौं वार्षिक साधारण सभा असार १५ गते शनिवार गर्ने भएको छ । कम्पनीको हिजो जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो । सभा विहान ११ बजे प्रधान कार्यालय बुटबलमा शुरु हुनेछ । साधारण सभा भौतिक उपस्थिति र भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७९/ ८० को संस्थाको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०७९ /८० को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरू तथा सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गर्ने छ ।

Esewa
Crest

सभाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०/ ८१ को बाह्य लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति साधारण सभाले गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, मर्जर तथा प्राप्ति सम्बन्धमा,लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने एवम् अन्य वित्तीय संस्थाहरुको शाखाहरु खरिद तथा प्राप्ति गर्ने, अन्य वित्तीय संस्थालाई शाखा बिकी गर्ने लगायतका कार्यहरूसँग सम्वन्धित आवश्यक सम्पूर्ण कार्यहरू गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायको निर्देशन लगायत अन्य कारणले संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा समसामयिक विषयमा संशोधन गर्न, परिमार्जन, थपघट वा परिवर्तन गर्नुपर्ने अवस्था भएमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले असार ३ गते एक दिन शेयर दाखिल खारेज दर्ता बन्द गर्ने जनाएको छ । त्यसकारण असार २ गतेसम्म नेप्सेमा कारोबार भएर शेयर नामसारी भएका शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS