IME Life New

गोदावरीस्थित चिजबल उद्योगमा आगोलागी, करोडौंको क्षति, बीमा सर्भेएर पुग्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सोमबार विहान ललितपुरको गोदावरी र झरुवारासीको बीचमा पर्ने भागमा रहेको एक उद्योगमा आगोलागी हुँदा करोडौंको क्षति पुगेको छ । आगो नियन्त्रणमा नआउँदै नेपाल इन्भेष्टमेन्ट बैंकले समन्वय गरी बीमा सर्भेएर लैजाने तयारी गरेको छ । इन्स्यारेन्स खवरलाई प्राप्त जानकारी अनुसार तीन वटा बीमा कम्पनीमा बीमा गरिएको थियो । तीन वटै बीमा कम्पनीका सर्भेयरहरुलाई लिएर नेपाल इन्भेष्टमेन्ट बैंकका कर्मचारीहरु घटनास्थलमा पुग्ने प्रयास गरिरहेका छन् ।

Esewa
Crest

स्थानीयबासी भिजन शर्माले दिएको जानकारी अनुसार गोदावारी नगरपालिका—१३ स्थित झरुवारासीमा रहेको गुराया चिजवल फ्याक्ट्रीमा भिषण आगलागी भएको ललितपुर प्रहरीले पुष्टि गरेको छ । महानगरीय प्रहरी बृत्त चापागाउँले कुरकुरे, चिजबल बनाउने उद्योगमा मध्यान्हदेखि आगो लागेको र अपरान्ह ५ः०० बजे नियन्त्रणमा आएको जनाएको छ ।

भिषण आगो लागेपछि सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र ललितपुर महानगरपालिकाको दमकलले आगो नियन्त्रणमका लिएको छ । तीनवटा दमकलको सहयोगमा आगो नियन्त्रण लिने प्रयास भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS