IME Life New

गार्डियन माइक्रो लाइफले आइपीओ निष्काशन गर्ने, नियुक्त गर्यो प्रत्याभुतिकर्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आइपीओ निष्काशन गर्ने भएको छ । शेयर खरिद प्रत्याभुति सेवाको लागि कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गलाई नियुक्त गरेको छ ।

सोमबार एक कार्यक्रमका बीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र गार्डियान माइक्रो लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले शेयर प्रत्याभुित प्रदान गर्ने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

कम्पनीले सर्वसाधारणलाई २२ लाख ५० हजार कित्ता साधारण शेयर प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँका दरले कुल २२ करोड ५० लाख रुपैयाँको शेयर निष्काशन गर्ने भएको छ ।

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानी व्यवस्थापन सेवा, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभुति सेवा, हितग्राही खाता सञ्चालन सम्बन्धी सेवा, संस्थागत परामर्श सम्बन्धी सेवा तथा शेयर रजिष्ट्रार सम्वन्धि सेवा प्रदान गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS