IME Life New

गर्भनरबाट लिए सनराईज बैंकका अध्यक्ष मोतिलाल दुगडले सपथ ग्रहण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले सनराइज बैंकको संचालक समितिका अध्यक्ष मोतीलाल दुगडलाई आफ्नो कार्यालयमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । दुगड गत पुस २९ मा भएको बैंकको साधारण सभावाट पुनः संचालकमा निर्वा्चित भई सर्वसम्मतबाट अध्यक्ष चुनिएका हुन् ।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी, कार्यकारी निर्देशक तथा प्रवक्ता नारायणप्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका अन्य पदाधिकारीहरु लगायत सनराइज बैंकका नवनिर्वा्चित संचालक शारदाशर्मा पुडासैनी, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, नायव महाप्रबन्धक अपछकुमार यादव र रविन नेपाल तथा कम्पनी सचिव ईश्वरकुमार पाठक उपस्थित रहेका थिए ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS