IME Life New

गरिमा विकास बैंकको समुहले ‘गरिमा माइक्रोइन्स्योरेन्स’ खोल्दै, इच्छुक लगानीकर्ताहरु सँग प्रस्ताव आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गरिमा विकास बैंकले माइक्रोइन्स्योरेन्स कम्पनी खोल्ने भएको छ । बैंकले प्रस्तावित ‘गरिमा माइक्रोइन्स्योरेन्स कम्पनी’ मा लगानी गर्न इन्छुकहरु सँग आवस्यक काजगपत्र सहित प्रस्ताव पेश गर्न आह्वान समेत गरेको छ ।

बीमा समितिले गत शक्रवार लघुबीमा कम्पनी स्थापनाको लागि सार्वजनिक रुपमा सूचना आह्वान गरे सँगै गरिमा विकास बैंकको संस्थापक शेयरधनी तथा शुभेच्छुकहरुको पहलमा ‘गरिमा माइक्रो लाइफ’ तथा ‘गरिमा माइक्रो जनरल’ इन्स्योरेन्स कम्पनीहरु संस्थापनाको प्रकृयाँ अगाडी बढाएको हो ।

Esewa
Crest

बीमा समितले सात प्रदेशका लागि तीन जीवन र चार निर्जीवन लघु बीमाको लागि प्रस्ताव आह्वान गरेको छ । बैंकले पनि जीवन र निर्जीवन दुबै कम्पनीको लागि तयारी गरेको छ । अहिले कम्पनीहरुले आफुले काम गर्न चाहेको प्रदेश तोकेर प्रस्ताव पेश गर्न पाउछन् तर समितिले अहिले जुनसुकै प्रदेश तोके पनि कुन प्रदेशका लागि अनुमति दिने भन्ने निर्णय समिति आफैले गर्ने जनाएको छ । त्यसैले अहिले नै कुन प्रदेशमा कार्यालय तोक्ने भन्ने कुराले कुनै अर्थ नराख्ने बीमा समतिका अध्यक्ष सूर्य प्रसाद सिलवालको भनाइ छ ।

गरिमाले बैंकका संस्थापक तथा इच्छुक लगानीकर्ताहरु सँग नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि, आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को कर चुक्ता प्रमाणपत्र, लगानीको आयस्रोत खुल्ने कागजपत्र, हालसालै खिचिएको पासपोर्ट साइजको ४ वटा फोटो, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र व्यक्तिगत विवरण लगायतका कागजात सहित बैंकले तोकेको स्थानमा विवरण पेश गर्न सकिनेछ ।

बैंकले आफ्ना शाखा कार्यालयहरु तथा क्लस्टर कार्यालयमा विवरण पेश गर्ने व्यवस्था मिलाएको छ । इच्छुक लगानीकर्ताले म्यादीको बेनी शाखा कार्यालय, क्लष्टर कार्यालय पोखरा, क्लष्टर कार्यालय मिर्दी वालिङ, शाखा कार्यालय गल्याङ, क्लष्टर कार्यालय बुटवल, क्लष्टर कार्यालय नारायणगढ, केन्द्रिय कार्यालय लाजिम्पाट, शाखा कार्यालय मलंगवामा प्रस्ताव पेश गर्न सकिनेछ ।

बैंकले यहि भदौ १६ गते विहान ७ बजेदेखि १० बजेसम्म आवस्यक कागजात सहित प्रस्ताव पेश गर्न सकिने बैंकले जनाएको छ । तोकिएको स्थानमा उपस्थित भई आवस्यक कागजात संलग्न/अध्यावधिक हुन हुन नसकेमा प्रस्तावित लघुबीमा कम्पनीहरु संस्थापनमा संस्थापकको रुपमा रहन नसक्ने बैंकले जनाएको छ ।

केहि समय अगाडी बैंकले निर्जीवन बीमा कम्पनीको लागि पनि यसै गरी प्रस्ताव आह्वान गरेको थियो । बीमा समितिले निर्जीवन बीमा कम्पनीको लाइसेन्स आह्वान गर्ने चर्चा पछि बैंकले आवस्यक तयारी सहित प्रस्ताव संकलन पनि गरेको थियो । तर बीमा समितिले लाइसेन्स खुला नगर्दा बैंकको उक्त प्रयासले मुर्त रुप लिन पाएन । अहिले भने बीमा समितिले लघु बीमा कम्पनी स्थापनाको तयारी गरेको हो ।

बीमा समितिले लघु बीमा कम्पनीको न्युनतम चुक्ता पूँजी ७५ करोड रुपैयाँ निर्धारण गरेको छ । लघु बीमा कम्पनीको लाइसेन्स आह्वान गरे पनि लघु र पुराना बीमा कम्पनीले के कस्तो र कति बीमाङ्कसम्मको व्यवसाय गर्ने भनेर सिमा निर्धारण गर्न सकेको छैन । समितिले प्रस्तावक सँग व्यवसायिक योजना पेश गर्न निर्देशन दिएको छ । बीमा पोलिसी र यसको बीमा शुल्क के कति लाग्नेसम्मको अध्ययन गरेर प्रस्ताव पेश गर्न निर्देशन दिइएको छ । कम्पनीहरुको प्रस्ताव हेरेर बाँकी निर्देशन जारी गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS