IME Life New

गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारी २०८१ कात्तिक ५ देखि १० गतेसम्म संयुक्त राज्य अमेरिकाको वासिङ्टन डीसीमा आयोजित अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक समूहले सयुक्त रुपमा आयोजना गरेको वार्षिक बैठक २०२४ मा सहभागी भएका छन्। कार्यक्रममा कोष र समूहका सदस्य राष्ट्रका अर्थमन्त्री, केन्द्रीय बैंकका गभर्नर र वित्त तथा मौद्रिक अधिकारीहरुको सहभागिता थियो।

बैठकको क्रममा सञ्चालन भएको प्लेनरी बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेतृत्व गरेका नेपालको टोलीमा गभर्नर अधिकारी र अर्थ सचिव डा. रामप्रसाद घिमिरेको पनि सहभागिता थियो। उक्त प्लेनरीको अध्यक्षता माल्दिभ्सका केन्द्रीय बैंकका गभर्नर अहमेद मुनवारले गरेका थिए भने आईएमएफका म्यानेजिङ डाइरेक्टर क्रिस्टालिना जियोर्जिईभा र विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गाले प्लेनरीमा सम्बोधन मन्तव्य राखेका थिए। मन्तव्यका क्रममा उनीहरुले बेट्रन उड्स सम्मेलनको ८० वर्षका उपलब्धि, उक्त अवधिमा विश्व अर्थतन्त्रमा देखिएका उतारचढाव तथा तिनलाई सम्बोधन गर्न बैंक र कोषले खेलेका भूमिकाका बारेमा प्रकाश पारेका थिए।

Esewa
Crest

बैठकमा गभर्नर अधिकारी आईएमएफ–विश्व बैंकको दक्षिणपूर्वी क्षेत्रको ५४ औँ संयुक्त गभर्नर बैठकमा सहभागी भएका थिए। यसका साथै उनले कोषका नायब प्रबन्ध निर्देशक बोली ली, एसिया प्रशान्त विभाग, मौद्रिक तथा पुँजी बजार विभाग, न्याय विभाग, दक्षिणपूर्वी मतदान समूह र सेफगार्ड एसिस्मेन्टका पदाधिकारीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

बैठक तथा भेटवार्तामा नेपालले कोषबाट लिएको विस्तारित कर्जा सुविधाअन्तर्गतका कार्यक्रमहरुको प्रगति समीक्षा तथा भावी कार्ययोजनाका बारेमा छलफल भएको थियो। वार्षिक बैठकको साइडलाइनमा आयोजित ४४ औँ सार्क फाइनान्स गभर्नर बैठकमा समेत गभर्नर अधिकारी सहभागी भए।

यसैगरी एलाइन्स फर फाइनान्सियल इन्क्लुजनअन्तर्गत गठन भएको एसएआरएफआईआईको अध्यक्षता नेपालले गरिरहेको सन्दर्भमा गभर्नर अधिकारीले एसएआरएफआईआईका उपाध्यक्ष स्टेट बैंक अफ पाकिस्तानका गभर्नर जमिल अहमदसँग पनि क्षेत्रीयस्तरमा भुक्तानी प्रणाली विकासमा गर्न सकिने सहकार्यका विषयमा छलफल गर्नु भएको थियो। बैठककै क्रममा गभर्नर अधिकारीले अन्र्तराष्ट्रिय वित्त निगम र निजी क्षेत्रका विभिन्न संस्थाका प्रतिनिधिसँग पनि भेटवार्ता गरे।

हाल विश्व बैंक समूहअन्तर्गत १८९ राष्ट्र र अन्तर्राष्ट्रिय मुद्रा कोषमा १९१ राष्ट्र आबद्घ छन्। प्रत्येक वर्ष अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक समूहले संयुक्त रुपमा आयोजना गर्ने यस प्रकारको वार्षिक बैठकमा यस पटक गभर्नर अधिकारीका साथ आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको पनि सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS