IME Life New

गण्डकी प्रदेशमा बढ्यो पर्यटकको चहलपहल, होटल अकुपेन्सीमा पनि वृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गण्डकी प्रदेशमा आर्थिक वर्ष २०८०।८१मा पर्यटक आगमन संख्या बढेको छ। नेपाल राष्ट्र बैंकले तयार पारेको प्रदेशस्तरीय प्रतिवेदनले यस्तो देखाएको हो।

प्रतिवेदनअनुसार अघिल्लो वर्ष २०७९।८० को तुलनामा समीक्षा वर्षमा पर्यटक आगामी संख्या ५.४ प्रतिशतले बढेको हो। अघिल्लो ५२ हजार २९९ पर्यटक गण्डकी भित्रिएकोमा समीक्षा वर्षमा बढेर ५५ हजार १४९ पुगेको छ।

Esewa
Crest

गण्डकी प्रदेशअन्तर्गतका नमुना छनौटमा परेका १० होटलहरुमा मर्मत कार्यले गर्दा शय्या संख्या ०.५ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ। अघिल्लो वर्ष होटलको शय्या संख्या २ लाख ३९ हजार ४० रहेकोमा समीक्षा वर्षमा घटेर २ लाख ३७ हजार ९६० मा झरेको छ।

समीक्षा अवधिमा गण्डकी प्रदेशका होटलहरुमा ७३ हजार १२६ वटा शय्या बिक्री भएका छन्। अघिल्लो वर्ष ५८ हजार ८३० वटा बिक्री भएको थियो।

गत वर्ष होटल अकुपेन्सी ३०.७३ प्रतिशत रह्यो। अघिल्लो वर्ष २४.६१ प्रतिशत थियो। गण्डकी प्रदेशका होटलहरुमा प्रत्यक्ष रोजगारी संख्या ५२८ रहेको प्रतिवेदनमा उल्लेख छ।

पर्यटन राजधानी पोखरा रहेको यस प्रदेशमा समीक्षा वर्षमा २१ हवाई कम्पनीमार्फत उडान भई ११ हजार ४८५ पटक उडान भएको छ भने हवाई कम्पनीको सिट उपयोग क्षमता ७७.८५ प्रतिशत रहेको छ । गत वर्षको हवाई कम्पनीको सिट उपयोग क्षमता ७४.५४ प्रतिशत रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS