IME Life New

खुद बीमा शुल्क आर्जन र नाफामा नेको इन्स्योरेन्स अग्र स्थानमा, तीन कम्पनीको बजार हिस्सा ३५ प्रतिशत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी खुद बीमा शुल्क आर्जन र खुद मुनाफामा पहिलो हुन सफल भएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा नेको इन्स्योरेन्स कम्पनीले प्राय पहिलो स्थानमा रहदै आएको शिखर इन्स्योरेन्स कम्पनीलाई खुद बीमा शुल्क तथा खुद मुनाफामा टप्न सफल भएको हो ।

कम्पनीको संचालक समिति र व्यवस्थापनको ध्यान कम्पनीलाई कुन स्थान प्राप्त हुन्छ भन्ने भन्दा पनि कम्पनीको लक्ष ग्राहकको सन्तुष्टी रहेको प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का बताउछन् । ग्राहकको सन्तुष्टीमा केन्द्रित रही सेवा प्रदान गर्दै जाँदा खुद बीमाशुल्क र खुद नाफामा निर्जीवन बीमा कम्पनीहरु मध्ये नेको अग्रस्थानमा पर्न सफल भएको हो ।

Esewa
Crest

कोभिड १९ को महामारीको अवधिमा पनि निर्जीवन बीमा कम्पनीहरुले समग्रमा खुद बीमा शुल्क आर्जन १८ प्रतिशतले बढाउन सफल भएका छन् भने खुद मुनाफा ४.०२ प्रतिशतले बढाउन सफल भएका हुन् । कोभिड १९ का कारण नेपाल सरकारले निरन्तर रुपमा निषेधाज्ञा गरिरहेको छ । साथ साथै अत्यावस्यक किसिमका व्यापार व्यवसाय बाहेक अन्य व्यवसाय प्राय ठप्प छ । यसबा बाबजुत पनि निर्जीवन बीमा कम्पनीले व्यवसाय भित्र्याउन तथाल मुनाफा बढाउन सफल भएका हुन् । व्यवसायको बृद्धि भए अनुसार मुनाफामा भने खासै सुधार देखिदैन ।

विषम परिस्थितिमा पनि नेको इन्स्योरेन्स कम्पनी व्यवसाय विस्तारमा पहिलो हुन सफल भएको छ । त्यस्तै दोस्रो स्थानमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । अघिल्ला वर्षहरुमा शिखर अग्रणी स्थानमा रहदै आएकोमा आक्रामक सुधारका कारण नेको पछिल्ला दुई वर्षमै पहिलो हुन सफल भएको छ ।

नेको इन्स्योरेन्सले गत वर्ष १७ दशमलब ३७ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । मुनाफामा अघिल्लो वर्ष पनि पहिलो स्थानमा रहेको नेकोले ४६ करोड ६ लाख रुपैयाँ मुनाफा गरेको थियो । कम्पनीले गत वर्ष ५४ करोड ६ लाख रुपैया मुनाफा

दोस्रो स्थानमा रहेको शिखरले पनि गत वर्ष ५ दशमलब ६९ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । शिखरले ४७ करोड ५७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको हो । तेस्रो स्थानमा रहेको सगरमाथाले पनि १८ दशमलब ५७ प्रतिशतले मुनाफा बढाउदै ४५ करोड १५ लाख रुपैयाँ आर्जन गरेको छ ।

खुद बीमा शुल्क आर्जन तर्फ हेर्ने हो भने पनि नेको पहिलो स्थानमा छ । अघिल्लो आर्थिक वर्षमा पनि नेको इन्स्योरेन्स खुद बीमा शुल्क आर्जनमा पहिलो थियो । कम्पनीले गत आर्थिक वर्षमा एक अर्ब ६३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा भने एक अर्ब २७ करोड रुपैयाँ थियो । निर्जीवन बीमा व्यवसायमा नेकोको बजार हिस्सा १४.०६ प्रतिशत रहेको छ ।

त्यस्तै दोस्रो स्थानमा रहेको शिखले पनि ९ प्रतिशतले खुद बीमा शुल्क आर्जन बढाउन सफल भएको छ । शिखरले एक अर्ब २९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । निर्जीवन बीमा व्यवसायमा शिखरको मात्रै बजार हिस्सा १०.९७ प्रतिशत रहेको छ ।

तेस्रो स्थानमा रहेको सगरमाथा इन्स्योरेन्सले पनि गत आर्थिक वर्षमा खुद बीमा शुल्क आर्जन २५ प्रतिशतले बढाउन सफल भएको छ । सगरमाथाले एक अर्ब २३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । निर्जीवन बीमा व्यवसायमा सगरमाथाको बजार हिस्सा १०.४४ प्रतिशत रहेको छ । सर्वाधिक व्यवसाय गर्ने तीन निर्जीवन बीमा कम्पनीहरुको बजार हिस्सा मात्रै ३५.४७ प्रतिशत रहेको छ ।

नयाँ आएका तीन निर्जीवन बीमा कम्पनीहरु मध्ये अजोड आक्रामक देखिएको छ । अजोडले गत वर्ष २६ प्रतिशतले खुद बीमा शुल्क आर्जन बढाउन सफल भएको छ । यस अवधिमा कम्पनीले ३८ करोड ३८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनी १४ औ स्थानमा रहेको छ ।

कम्पनीहरुको उक्त मुनाफाबाट लाभांस पाउन भने अझै केहि समय कुर्नु पर्नेछ । निर्जीवन बीमा कम्पनीहरुले एनएफआरएस प्रणाली अनुसार गत वर्ष नै वित्तीय विवरण तयार पारिसकेकोले गर्दा यस वर्ष छिट्टै साधारणसभा गर्न सक्नेछ । एक्चुरियल मूल्याङ्कन लागयतका केहि प्राविधिक कामले गर्दा चैत सम्ममा निर्जीवन बीमा कम्पनीहरुले साधारणसभा सक्ने अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS