IME Life New

खल्ती प्रयोगकर्ताले खल्ती प्रो योजनामा विभिन्न छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा पहिलो पटक सशुल्क सदस्यता सम्बन्धी अवधारणा ल्याएको खल्ती डिजिटल वालेटले आफ्ना नियमित प्रयोगकर्तालाई खल्ती प्रो सेवा उपलब्ध गराएको छ। खल्ती डिजिटल वालेटले आफ्ना प्रयाेगकर्ता ग्राहकसँग सदस्यता शुल्क लिने गरी खल्ती प्राे र खल्ती क्लब भन्ने दुई थरी ग्राहक वर्गिकरण सम्बन्धी याेजना सार्वजनिक गरेकाे थियाे । खल्ती प्राेकाे वार्षिक सदस्यता शुल्क रु ५९९ र खल्ती क्लबकाे सदस्यता शुल्क रु ३९९ निर्धारण गरिएकाे छ।

खल्ती प्राे सदस्यता लिनेले आफ्नाे माेबाइल ब्यालेन्स रिचार्जमा २ प्रतिशत क्यास ब्याक (नगद छुट) प्राप्त गर्ने सुविधा छ। प्रतिस्पर्धी डिजिटल वालेट ‘आइएमई पे’ ले  सदस्यता शुल्क बिना नै जुनसुकै प्रयाेगकर्तालाई ५ प्रतिशत क्यास ब्याक (नगद छुट) दिइ रहेकाे छ। खल्ती प्राे ले चलचित्र घरकाे टिकट खरिदमा महिनामा अधिकत्तम १ सय रुपैयाँ गरी वर्षभरमा १० महिनासम्म सदस्यतलाई छुट दिने उल्लेख गरेकाे छ।

Esewa
Crest

यसैगरी खल्ती प्राे काे सदस्यता लिन ग्राहकले ब्लु बुक नविकरण शुल्क ३ सय रूपैयाँमा बढीमा १ सय रूपैयाँसम्म छुट पाउनेछन् । बजारमा स्मार्ट सभिस इनलगायत सेवा प्रदायकले २ सय रूपैयाँमै माेटरसाइकल ब्लु बुक नविकरण र ३ सय रुपैयाँमा कारकाे ब्लु बुक नविकरण सेवा उपलब्ध गराई रहेका छन्।

खल्ती प्राे काे सदस्यता लिने ग्राहकले डिजिटल वालेटबाट बै‌ंक खातामा रकम पठाउँदा महिनामा पाँच पटक सम्म शुल्क लाग्नेछैन। त्याे भन्दा बढी पटक पठाउँदा न्यूनत्तम १० रुपैयाँदेखि अधिकत्तम रुपैयाँसम्म शुल्क तिर्नुपर्नेछ।

पुरानाे छाेडाैं,नयाँ प्रयाेग गराैं

बजारमा उपलब्ध विद्युतीय भुक्तानी सेवा प्रदायकहरुकाे प्रयाेगकर्ता स‌ंख्या थपिंदै गर्दा ग्राहकले पाउने छुट लगायतकाे सुविधा कटाैती हुने र कतिपय सेवाका लागी शुल्क समेत तिर्नुपर्ने अवस्था हुन्छ । बुद्धिमानी ग्राहकले पुराना डिजिटल वालेटकाे सेवा सशुल्क प्रयाेग गर्नुभन्दा आइओएस वा गुगल प्ले स्टाेरबाट बजारमा उपलब्ध नयाँ भुक्तानी सेवा प्रदायककाे एप्स डाउन लाेड गरी निःशुल्क खाता खाेलेर छुट लगायतकाे फाइदा उठाउन सक्छन् ।

हवाई उडानकाे टिकट टेलिफाेन महशुल माेबाइल रिचार्जलगायतकाे सेवामा पुरानाभन्दा नयाँ भुक्तानी सेवा प्रदायकले दिने छुट रकम धेरै हुन्छ।

बै‌ंक खातामा रकम पठाउनका लागी कनेक्ट आइपिएस बजारमा उपलब्ध सबैभन्दा सस्ता डिजिटल वालेट सेवा प्रदायक हाे । कनेक्ट आइपिएस एप्सकाे माध्यमबाट ४ रुपैयाँदेखि ८ रुपैयाँमै एउटा बै‌ंक खाताबाट अर्काे बैंक खातामा विद्युतीय माध्यमबाट सहजै रकम पठाउन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS