IME Life New

खल्तीले ल्यायो सेन्ड मनी फर फ्री अफर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ‘खल्ती’ले आफ्ना प्रयोगकर्ताहरूकालागि ‘सेन्ड मनी फर फ्री’ अफर उपलब्ध गराएको छ । यस अफर अनतर्गत बैंक लिंक गरेका खल्ती प्रयोगकर्ताले ‘खल्ती फन्ड ट्रान्सफर’ बाट कुनै पनि बैंक खातामा बिना कुनै सर्विस चार्ज सजिलै पैसा पठाउन सक्नेछन्।

यस सेवा प्रयोग गर्न भने खल्ती प्रयोगकर्ताले आफ्नो बैंक खाता खल्तीमा लिंक गर्न आवश्यक छ। खाता लिंक गरे पश्चात ‘खल्ती फन्ड ट्रान्सफर’ बाट पैसा पठाउने क्रममा बैंक लिंक विकल्प छनोट गरि बिना कुनै सर्विस चार्ज सजिलै पैसा पठाउन सक्नेछन्। साथै बैंक लिंक खाता खल्तीमा लिंक नगरेका प्रयोगकर्ताले पनि केहि विवरण भरि केहि समय मै बैंक खाता खल्तीमा लिंक गर्न सक्नेछन्। यति मात्र नभएर खल्ती मा बैंक लिंक गरि प्रयोगकर्ताले विभिन्न अफरमा पनि सहभागी हुन सक्नेछन्।

Esewa
Crest

यस बारे ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्का भने,“अहिले दशैं नजिकिंदै गरेको माहोलमा डिजिटल कारोबारको आवश्यकता र लोकप्रियतलाई मध्यनजर गर्दै हामीले हाम्रा प्रयोगकर्ताहरूकालागी ‘सेन्ड मनी फर फ्री’ अफर फेरी पनि उपलब्ध गराएका छौं । यस सुविधाले प्रयोगकर्ताहरू निर्धक्क रूपमा आवश्यक रकम जुन सुकै बैंक खातामा पठाउने कुरामा हामी बिस्वस्त छौं।”

ISO 27001:2013 बाट मान्यता प्राप्त साथै WITSA Global Innovation & Tech Excellence Awards बाट सम्मानित,खल्ती आफ्नो सेवाको छैठौं वर्षमा छ। खल्तीमा देशभरिका ३१ लाख भन्दा बढी प्रयोगकर्ताहरू,७० हजार भन्दा बढी एजेन्ट, ६० हजार भन्दा व्यापारी, ५० भन्दा बढी बैंक तथा वितिय संस्था, एक हजार भन्दा बढी सहकारीहरू र २५० भन्दा बढी कर्मचारी को परिवारमा रुपान्तरण भएको छ।

सम्पुर्ण नेपालीहरूमा वित्तीय साक्षरता पुर्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र एइभेन्ट टिकट बुकिङ, बीमा शुल्क, इ–कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू र अन्य थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS