IME Life New

खराब कर्जा बढ्दा ज्योति विकास बैंकको नाफामा संकुचन, वितरणयोग्य मुनाफा पनि ऋणात्मक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति विकास बैंकले चालु आर्थिक वर्ष २०८०।८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने ज्योति पहिलो बैंक हो।

वित्तीय विवरणअनुसार तेस्रो त्रैमाससम्ममा बैंकले १५ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २० करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफामा २४.४ प्रतिशतको संकुचन आएको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.९७ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको एनपीएल ३.८९ प्रतिशत थियो। खराब कर्जा मेन्टेन गर्न बैंकको इम्पेयरमेन्ट चार्ज पनि बढेर ८३ करोड २ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको इम्पेयरमेन्ट चार्ज ७१ करोड ४५ लाख रुपैयाँ थियो।

खराब कर्जा बढेर इम्पेरमेन्ट चार्ज पनि बढ्नुले बैंकको नाफामा संकुचन आएको हो।

तेस्रो त्रैमाससम्म बैंकको सञ्चालन मुनाफा २२ करोड ७ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा २३.३१ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको सञ्चालन मुनाफा २८ करोड ७८ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी भने १.७५ प्रतिशतले बढेर १ अर्ब ७० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म खुद ब्याज आम्दानी १ अर्ब ६७ करोड रुपैयाँ थियो।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २८ करोड ६६ लाख रुपैयाँले ऋणात्मक रहेको छ। योसँगै बैंकको प्रतिशेयर वितरणयोग्य आम्दानी पनि ८.६९ रुपैयाँले ऋणात्मक रहेको छ।

यो ९ महिनामा बैंकले ६३ अर्ब ४२ करोड रुपैयाँ निक्षेप संकलन गरी ५० अर्ब ७३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले ६१ अर्ब २८ करोड रुपैयाँ निक्षेप संकलन गरी ५० अर्ब ९६ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो। निक्षेप संकलन र कर्जा लगानी दुवै बढेको छ।

चुक्तापुँजी ४ अर्ब ३९ करोड रुपैयाँ रहेको बैंकको रिजर्भ २९.४३ प्रतिशतले बढेर १ अर्ब ७९ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको रिजर्भ तथा सरप्लसमा १ अर्ब ३८ करोड रुपैयाँ थियो।

समीक्षा अवधिमा बैंकको वार्षिकीकृत प्रतिशेयर (ईपीएस) घटेर ४.६२ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ६.१२ रुपैयाँ थियो। पीई रेसियो ६३.५९ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १३४.२० रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS