IME Life New

खराब कर्जा बढ्दा गुह्येश्वरी मर्चेन्टले हकप्रद शेयर निष्कासनका लागि पायो यस्तो रेटिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हकप्रद शेयर निष्कासन गर्नुपर्ने बाध्यात्मक अवस्थामा रहेको गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको खराब कर्जा अनुपात ह्वात्तै बढेको छ। रेटिङ एजेन्सी केयर रेटिङ नेपालका अनुसार खराब कर्जाको अनुपात नेटवर्थको १६.४८ प्रतिशत नाघेको छ।

आर्थिक वर्ष २०७९।८० मा नेटवर्थको तुलनामा ४.४८ प्रतिशत मात्र रहेकोमा गत आवमा ह्वात्तै बढेर १६.४८ प्रतिशत पुगेको हो। यसको खराब कर्जाको आकार पनि उल्लेख्य रुपमा वृद्धि भएको छ। चुलिँदो खराब कर्जाका कारण उच्च जोखिम व्यवस्था गर्नुपर्ने भएकाले कम्पनीको कर्जा प्रोफाइलमै नकारात्मक असर पारेको छ।

Esewa
Crest

आर्थिक वर्ष २०७९।८० मा कुल कर्जाको २.०९ प्रतिशत खराब कर्जा रहेकोमा गत आवमा यो ६.५३ प्रतिशत पुगेको छ। यसबाहेक ३० दिनभन्दा माथिको असुल्न बाँकी ब्याजको कर्जा पनि १६.३४ प्रतिशत रहेको छ। अघिल्लो आवमा यो जम्मा १०.०५ प्रतिशतमा रहेको थियो। यस्तो अवस्थाले निकट भविष्यमा खराब कर्जा झनै बढ्ने जोखिम रहेको केयर रेटिङ नेपालले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।

देशको आर्थिक वृद्धिदरमा देखिएको सुस्ततासँगै समग्र बैंक तथा वित्तीय संस्थाको सम्पत्तिको गुणस्तरमा ह्रास आएको रेटिङ एजेन्सीले उल्लेख गरेको छ। गुह्येश्वरी मर्चेन्टले सम्पत्ति गुणस्तर सूचकमा सुधार गर्न सक्ने क्षमता रेटिङ पुनर्मूल्यांकनमा उल्लेख्य पक्ष रहने छ।

गुह्येश्वरीको चालु खाता र बचत खाताको अनुपात पनि अन्य बैंक वित्तीय संस्थाको अनुपातमा ज्यादै कमजोर रहेको केयर रेटिङले उल्लेख गरेको छ। यसको चालु खाता बच तखाता अनुपात गत आवमा २०.७९ प्रतिशत रहेको छ। चालु खाताको तुलनामा बचत खाता अधिक भएकाले यसको औसत ब्याज खर्च ९.७८ प्रतिशत पुगेको छ। अघिल्लो आव २०७९।८० मा १०.६३ प्रतिशत रहेको थियो। आव २०७७।७८ मा यस्तो औसत जम्मा ८.२९ प्रतिशतमा सीमित थियो।

गुह्येश्वरीले हकप्रद शेयर निष्कासनका लागि केयर रेटिङ्स नेपालबाट केयरएनपी डब्बल बी माइनस इस्युअर रेटिङ पाएको छ। यस्तो रेटिङले तोकिएको समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सवालमा सम्बन्धित शेयर जारीकर्ता कम्पनीमा मध्यमस्तरको वित्तीय जोखिम कायम रहेको जनाउँछ। यसको चुक्तापुँजी १ अर्ब २ करोड रुपैयाँ रहेको छ। खराब कर्जा अनुपात बढेकाले सम्पत्ति वृद्धिका लागि यसले चुक्तापुँजी बढाउनुपर्ने बाध्यात्मक अवस्था छ।

चालु आव २०८१।८२ को पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार गुह्येश्वरी मर्चेन्ट ११ करोड ३३ लाख रुपैयाँ नोक्सानीमा छ। गत आव २०८०।८१ मा १ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको थियो।

गुह्येश्वरीको प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी हुन्। उनले २०८० असोज तेस्रो सातादेखि कार्यभार सम्हालेका हुन्। गुह्येश्वरी मर्चेन्टमा प्रवेश गर्नुअघि उनी बेस्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएर करिब २ वर्ष बैंकिङ क्षेत्रबाहिर रहेका थिए। गुह्येश्वरीको सञ्चालक समिति अध्यक्ष युवराज भण्डारी हुन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS