IME Life New

क्रेस्ट माइक्रो लाइफः नाफा सवा १४ लाख, खुद बीमाशुल्क आर्जन ४.३४ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइपीओको तयारीमा रहेको क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिसम्म कम्पनीले १४ लाख २६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। तेस्रो त्रैमासमा मात्रै यो कम्पनीले २ लाख ७३ हजार रुपैयाँ कमाएको छ।

Esewa
Crest

तेस्रो त्रैमाससम्म कम्पनीले ४ करोड ८१ लाख ५४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो अवधिसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन भने ४ करोड ३४ लाख ९६ हजार रुपैयाँ रहेको छ।

चैतसम्म कम्पनीले दाबी भुक्तानी १० लाख ७३ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ।

चुक्तापुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा ६ लाख ३६ हजार रुपैयाँ र रिटेन्ड अर्निङमा ५२ लाख २० हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म कम्पनीको महाविपत्ति कोषमा ४ लाख ९३ हजार रुपैयाँ र रिटेन्ड अर्निङमा ३९ लाख ५१ हजार रुपैयाँ रहेको थियो।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ०.५४ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS