IME Life New

क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङको लगानी गैह्र कानुनी भएको भन्दै लगानी नगर्न राष्ट्र बैंकको अनुरोध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय नेपालमा क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङ फैलिदो अवस्थामा रहेको छ । छोटो समयमै धेरै लाभ लिन सक्ने प्रलोभनमा परि थुप्रै नेपालीहरु यस्ता विद्युतीय कारोबारमा सरिक भएको पाइन्छ । जुन नेपालको कानून विपरित रहेको छ । पछिल्लो समयमा क्रिप्टोकरेन्सी, नेटवर्क मार्केटिङमा नेपालीको संलग्नता बढ्दै गएको बारे नेपाल राष्ट्र बैंकले जनचेतना फैलाउनका लागि सूचना जारी गरेको छ ।

क्रिप्टोकरेन्सीलाई विकेन्द्रिकृत भर्चुअल करेन्सीको रुपमा लिइन्छ । जसको लेखाङ्कन कुनै बैंक वा वित्तिय संस्थाले गरिदैन । ब्लकचेन मार्फत रकम हस्तान्तरण गर्ने भएको हुँदा यस्ता कारोबारलाई सुरक्षित पनि मानिदैन । तसर्थ लगानीकर्ताको लगानी सुरक्षितको कुनै ग्यारेन्टी पनि हुँदैन । नेपालमा कानुनी अभावका कारण हालसम्म क्रिप्टोकरेन्सीलाई डिजिटल सम्पत्तिको रुपमा मान्यता दिइएको छैन । कुनै प्रयोगकर्ता वा कारोबारसँग सम्बन्भित समस्या वा विवाद भएमा लगानीकर्तासँग खास नियामकीय वा कानसनी उपचार रहदैन । अन्य व्यक्तिमार्फत लगानी गरेको खण्डमा रकम फिर्ता नभई ठगिने र आफ्नो लगानी डुबेर क्षतिपूति समेत नपाइने अवस्था आउन सक्ने राष्ट्र बैंकले सूचनामा उल्लेख गरेको छ ।

Esewa
Crest

क्रिप्टोकरेन्सीसँग सम्बन्धित लगानी आतङ्कवादी क्रियाकलापमा समेत प्रयोग हुन सक्ने र आपराधिक गतिविधिबाट प्राप्त सम्पत्ति शुद्धिकरण गर्न तथा कर छली गर्नका लागि प्रयोग गर्ने माध्यम समेत हुने देखिएको छ । यसबाट वित्तिय ग्राहक सुरक्षामा समेत चूनौती थपिएको राष्ट्र बैंकले जनाएको छ । साथै ठगी तथा कर छलि, क्यापिटल मुभमेन्टको नियमनमा चुनौती, वित्तीय स्थायित्वमा असर, मौद्रिक नीतिमा असर, विदेशी मुद्राको सञ्चितिमा नकारात्मक प्रभाव समेत पर्ने राष्ट्र बैंकले सूचनामा उल्लेख गरेको छ ।

विदेशबाट सञ्चालित पिरामिडमा आधारित नेटवर्क मार्केटिङ व्यवसाय तथा छोटो अवधिमा उच्च प्रतिफल आउने प्रलोभनमा परी क्रिप्टोकरेन्सीको प्रयोग, यससँग सम्बन्धित लगानी डुब्ने उच्च जोखिम हुने तथा कानुनी झन्झट आउन सक्ने भएकोले यस्ता कारोबार तथा व्यवसायमा संलग्न नहुन स्वदेश तथा विदेशमा बस्ने नेपालीलाई सचेत हुन राष्ट्र बैंकले सूचना जारी गरेको छ ।

Crypto_for_Financial_Literacy_Final

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS