IME Life New

क्यूआरबाट हुने कारोबारमा उछाल, वालेटबाट हुने भुक्तानीमा पनि उल्लेख्य वृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय डिजिटल कारोबारले निकै फड्को मारेको छ। सामान्य पसलदेखि ठूलठूला व्यापार–व्यवसायमा डिजिटल कारोबार हुँदै आएको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार डिजिटल कारोबारको माध्यममध्ये एक क्यूआरबाट हुने कारोबारमा उछाल आएको छ। पछिल्लो एक वर्षको अवधिमा क्यूआरबाट हुने भुक्तानी पनि ११२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष माघसम्म क्यूआरबाट १७ अर्ब ७६ करोड ५० लाख रुपैयाँबराबरको कारोबार भएकोमा यो वर्ष माघसम्म बढेर ३७ अर्ब ७३ करोड ४० लाख रुपैयाँ पुगेको छ।

Esewa
Crest

त्यस्तै वालेटबाट हुने कारोबारमा उल्लेख्य वृद्धि आएको छ। पछिल्लो १ वर्षको तथ्यांक हेर्ने हो भने पनि विभिन्न वालेटबाट हुने कारोबार करिब ४० प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको माघसम्म वालेटबाट २३ अर्ब ८७ करोड २० लाख रुपैयाँबराबरको कारोबार भएको छ। अघिल्लो वर्ष माघसम्म वालेटबाट १७ अर्ब ११ करोड ८० लाख रुपैयाँबराबरको कारोबार भएको छ।

चालु आर्थिक वर्षको माघसम्म मोबाइल बैंकिङबाट २ खर्ब ८९ अर्ब ३८ करोड ७० लाख रुपैयाँबराबरको भुक्तानी भएको छ। अघिल्लो वर्ष माघसम्म १ खर्ब ७२ अर्ब ११ करोड ९० लाख रुपैयाँबराबरको कारोबार भएको थियो। मोबाइल बैंकिङबाट हुने कारोबार पनि ६८ प्रतिशतले बढेको छ।

त्यस्तै इन्टरनेट बैंकिङको प्रयोग पनि बढिरहेको छ। अघिल्लो वर्षसम्म इन्टरनेट बैंकिङबाट १२ अर्ब ४१ करोड ९० लाख रुपैयाँबराबरको कारोबार भएमा यो वर्ष माघसम्म १३ अर्ब ७८ करोड ७० लाख रुपैयाँबराबरको कारोबार भएको छ।

चालु आर्थिक वर्षको माघसम्म मोबाइल बैंकिङ प्रयोगकर्ता बढेर २ करोड ३५ लाख ६ हजार २८ पुगेका छन्। अघिल्लो वर्ष माघसम्म मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ३६ हजार ५२४ रहेका थिए। माघसम्म इन्टरनेट बैंकिङ प्रयोगकर्ता पनि बढेर १८ लाख ३५ हजार ८४९ पुगेका छन्। अघिल्लो वर्ष माघसम्म इन्टरनेट बैंकिङ प्रयोगकर्ता १७ लाख ६४ हजार ८०१ रहेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS