IME Life New

क्यास ब्याक घटेसँगै माेबाइल रिचार्जकाे आम्दानी पनि घटेपछि ‘भाग्यशाली उपहार’ काे भर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । माेबाइलमा ब्यालेन्स रिचार्ज गर्दा एकदमै न्यून रकम छुट दिने वा बिल्कुलै छुट नदिने भुक्तानी सेवा प्रदायककाे माेबाइल एपकाे प्रयाेग उपभाेक्ताहरुले न्यून गर्दै गएपछि काराेबार बढाउनका लागी केही कम्पनीले उपहार याेजना सार्वजनिक गर्न बाध्य भएका छन् ।

एप प्रयाेगकर्ताले आफ्नै माेबाइल नम्बरमा ब्यालेन्स रिचार्ज गर्दा आइएमई पेले ५ प्रतिशत र माइ पे एप्सले ३‍.५ देखि ४.२ प्रतिशतसम्म क्यासब्याक(नगद फिर्ता) उपलब्ध गराई रहेका बेला ईसेवा र खल्ती जस्ता कम्पनीले नगद छुट वा फिर्ता दिन छाडेका छन् । मुश्किलले १ प्रतिशत नगद फिर्ता दिइरहेका यी कम्पनीले माेबाइल ब्यालेन्स रिचार्जवापत प्राप्त हुने आम्दानीमा गिरावट देखिन थालेपछि ग्राहक लाेभ्याउनका लागी उपहार याेजना सार्वजनिक गर्न बाध्य भएका हुन् ।

Esewa
Crest

खल्ती एप्सले न्यूनत्तम ५० रुपैयाँकाे माेबाइल ब्यालेन्स रिचार्ज गर्दा एकजना भाग्यशाली विजेताले वान प्लस कम्पनीकाे ‘वान प्लस ११’ माेडेलकाे १ थान माेबाइल फाेन जित्ने याेजना सार्वजनिक गरेकाे छ। खल्तीले आफ्ना प्रयाेगकर्तालाई माेबाइल ब्यालेन्स रिचार्जमा १ प्रतिशत मात्र क्यास ब्याक उपलब्ध गराउँछ।

ईसेवाले पनि ईसेवामार्फत् हुने काराेबार बढाउनका लागी एक पटकमा कम्तीमा पाँच हजार रुपैयाँ नगद लाेड गर्नेमध्ये पाँचजनालाई २०८० रुपैयाँ नगद छुट दिने याेजना सार्वजनिक गरेकाे छ। स्मरण रहाेस्  ईसेवाले वालेटमा जतिसुकै नगद ब्यालेन्स भएपनि ग्राहकलाई एक सुकाे ब्याज दि‌ंदैन । प्रतिस्पर्धी आइएमई पे ले डिजिटल वालेटमा जम्मा भएकाे रकमकाे आधारमा वाणिज्य बै‌ंकहरूले दिने बचत खाताकाे ब्याज दर बराबर रकम ब्याज दिन्छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS