IME Life New

क्यापिटल प्लसको सेयर तालिमको लोकप्रियता बढदो यूनियन लाईफ इन्स्योरेन्सको साथ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सेयर बजारमा राजधानी बाहिरका लगानीकर्ताको सक्रियता बढाउने उद्धेश्यले दाङ्गको घोराहीमा आयोजित एकदिने आधारभुत सेयर तालिम सफलताका साथ सम्पन्न भएको छ! दाङ्गको इतिहासमा पहिलो पटक क्यापिटल प्लस (CapitalPlus) ले आयोजना गरेको एकदिने सेयर तालिममा दाङ्गका साथै छिमेकी जिल्ला बाट समेत लगानीकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो। क्यापिटल प्लस (CapitalPlus) का अध्यक्ष कमल पौडेलको अध्यक्षता सम्पन्न सो कार्यक्रमको प्रमुख अथिति स्थानीय शिक्षासेवी श्री के. बि. चौधरी रहनु भएको थियो !

Esewa
Crest

न्यासनल मर्चेन्ट बैंकका ट्रेनिङ एण्ड डेभलपमेन्ट शाखा प्रमुख सन्तोष राज बजगाई प्रमुख ट्रेनर रहेको सो कार्यक्रमको स्थानीय संयोजन युनियन लाइफ इन्स्योरेन्स लाइफ इन्स्योरेन्स घोराही साखाले गरेको थियो ! समृद्धि क्यापिटलको बिशेष सहयोग रहेको सो कार्यक्रमको मिडिया पार्टनरको रुपमा इन्स्योरेन्स खबर रहेको थियो !

शेयर कारोबारका लागि आवश्यक आधारभुत ज्ञान प्रदान गर्ने उदेश्यले तालिम आयोजना गरिएको आयोजक संस्था क्यापिटल प्लस का संचालकहरु ले बताएका छ्न। क्यापिटल प्लस  बिशेष गरी राजधानी बाहिरका लगानीकर्ताको हक, हित र लगानीकर्ता शिक्षामा समर्पित रहेको संस्था हो ! सो एक दिने आधारभुत सेयर तालिममा एक सय ५० जनाको सहभागिता रहेको थियो। निकट भबिष्यमा बाँके को नेपालगंज, तनहु को दमौली र पोखरामा एकदिने आधारभुत सेयर तालिम संचालन हुन गइरहेको सो संस्थाका संचालक सन्तोस बहादुर छेत्रीले जानकारी दिनु भयो !

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS