IME Life New

कोरोना बीमा दावीका लागि पेश भएका ११३६ वटा फाईल कम्पनीमै फर्किए, आठ हजार जनाले बुझे रकम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानीको लागि बीमा पुलमा पठाइएका मध्ये एक हजारभन्दा बढि फाईल कागजात नपुगेपछि सम्बन्धित कम्पनीमै फर्काइएका छन् ।

विभिन्न निर्जिवन बीमा कम्पनीहरुमार्फत पठाइएका फाइलहरु मध्ये एक हजार १३६ वटा फाइल सम्बन्धित कम्पनीमै फिर्ता पठाइएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आज बक्तव्यमार्फत जनाएका छन् । बीमा समितिले पुल व्यवस्थापक कम्पनी शिखर इन्स्योरेन्सको स्थगलत निरिक्षण पश्चात जारी गरेका बिज्ञप्तिमा सो कुरा उल्लेख छ ।

Esewa
Crest

बीमा समितिका अनुसार हालसम्म आठ हजार १२५ जनाले कोरोना बीमाको दावी भुक्तानी लिईसकेका छन् । बीमा समितिका अनुसार कागजात पूरा भई बीमा पुलमा प्राप्त भएको संख्या १७ हजार २३५ रहेको छ ।

त्यस्तै, चार हजार १५२ वटा फाईल प्रमाणिकरणको लागि स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामा पठाइएको, दुई हजार ४९३ वटा प्रमाणिकरण भई फिर्ता आएको, दावी भुक्तानीको लागि बाँकी संख्या नौ हजार ९० वटा रहेको बीमा समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS