IME Life New

कोरोना बीमा के हो ? कसरी गर्ने ? कस्तो अवस्थामा बीमा सुविधा पाइदैन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले आजदेखि कोरोना बीमाको औपचारिक रुपमा शुभारम्भ गरेको छ । नेपालमा बीमा कारोबार गर्न अनुमति प्राप्त १८ वटा नेपाली निर्जीवन बीमा कम्पनी कम्पनी र दुई वटा विदेशी कम्पनीको नेपालस्थित शाखा कार्यालयले कोरोना बीमा पोलिसी बिक्री गर्न पाउनेछन् । तर, कोरोना बीमा पुलमार्फत जीवन बीमक संघले व्यवस्थापन गर्ने हुँदा कुनै एउटा मात्रै कम्पनीले मुनाफा वा जोखिम बहन गर्दैनन् । नेपाल पुनर्बीमा कम्पनीले २० प्रतिशत र बाँकी ८० प्रतिशत २० वटा कम्पनीले आम्दानी र जोखिम वहन गर्नेछन् । दुई वटा बीमा योजना एक लाख र ५० हजार रुपैयाँ बीमाङ्कको बीमा पोलिसी बिक्री हुनेछन् । एक लाख बीमाङ्कको बीमा गर्न चाहेमा प्रतिव्यक्ति एक हजार रुपैयाँ र परिवारका सबैको बीमा गर्न चाहेमा ६०० रुपैयाँ बीमा शुल्क लाग्नेछ । त्यस्तै उल्लेखित बीमा शुल्कको आधा बीमा शुल्क तिरेर आधा मूल्य अर्थात ५० हजार रुपैयाँको पनि बीमा गर्न पाइने सुविधा छ ।

Esewa
Crest

कोरोना बीमा के हो ?
सामान्यतया कोरोना वा यस्तै खालका महामारी घोषणा भएका कुनै पनि रोग वा महामारीको बीमा दावी भुक्तानी हुँदैन । तर, नेपालमा सबै बीमा कम्पनीहरु मिलेर सामूहिक रुपमा जोखिम बहन गर्ने प्रयोजनका लागि लागि सामाजिक सेवाको उद्देशयले बीमा समितिले अघि बढाएको एक प्रकारको लघु बीमा हो । कोरोना बीमाको अण्डरराईटिङ हुँदैन । कोरोना बीमा स्वास्थ्य उपचार बीमा होइन । महामारीमा न्यूनतम शुल्कमा जनतालाई राहत दिन अघि सारिएको नयाँ बीमा योजना हो । अण्डरराईटिङ आवश्यक नपर्ने हुँदा कोरोना भाइरस बीमा पोलिसी अनलाईनबाट सिधैं भुक्तानी गरी खरिद गर्न सकिने छ । जन्मेको तीन महिनादेखि ९९ वर्षसम्मका मानिसको कोरोना बीमा गर्ने सुविधा छ ।

कसरी गर्ने कोरोना बीमा ?
बीमा कम्पनीहरुको अनलाईन एप्स, सिधैं बीमा कम्पनीमा सम्पर्क गरेर यस्तो बीमा खरिद गर्न सकिने छ । नेपालमा दर्ता भएका १८ वटा निर्जीवन बीमा कम्पनी र दुई वटा विदेशी निर्जीवन बीमा कम्पनी बीमा कम्पनीको नेपालस्थित शाखा कार्यालयमार्फत कोरोना बीमा घरैमा बसेर खरिन गर्न सकिन्छ । कम्पनीहरुले अनलाईनमार्फत बीमा गर्ने व्यवस्था मिलाइसकेको जीवन बीमक संघका अध्यक्ष दीप प्रकाश पाण्डे बताउँछन् । बीमा कम्पनीले अनलाईनबाटै बीमा पोलिसी जारी गरिएको कन्फरमेशन दिन्छन् । सोही आधारमा बीमा पोलिसी जारी भएको मानिन्छ । एकदमैं सजिलो व्यवस्था गरिएको कोरोना बीमा पोलिसी खरिद हालसम्मकै सरल प्रक्रिया भएको बीमा पोलिसी हो ।

दावी भुक्तानी लिने विधि
दावी भुक्तानीको लागि नेपाल सरकारको मान्यता प्राप्त जुनसुकै जनस्वास्थ्य ल्याबमा कोरोना भाइरसको वैज्ञानिक परिक्षण पोलिमर चेन रियाक्सन (पिसिआर) विधिमार्फत जाँच गराउँदा पोजेटिभ देखिने वित्तिकै कोरोना भाइरस बीमा दावीका लागि योग्य हुन्छ । बीमा गरिएको व्यक्तिको पिसिआर रिपोर्ट इमेलमार्फत बुझाएमा समेत बीमा कम्पनीले सिधैं बैंक खातामा रकम पठाउने व्यवस्था गरिएको बीमक संघले जनाएको छ । त्यस्तै, सिधैं कम्पनीमा सम्पर्क गरेर समेत दावी भुक्तानी लिन सकिने जनाइएको छ ।

कस्तो अवस्थामा दावी भुक्तानी लिन सकिदैन ?
कोरोना भाइरसको बीमा दावी भुक्तानी योग्य बीमा गरिएको १५ औं दिनपछि रोगले संक्रमण गरेको अवस्थामा मात्रै हुनेछ । बीमा गरेको भोलिपल्ट वा १४ औं दिनमा कोरोना भाइरस संक्रमण भएमा कोरोना भाइरस बीमाको दावी भुक्तानी हुनेछ छैन । नेपाल सरकारले १४ दिन क्वारेन्टाईन समय तोकेकोले रोग लागेपछि बीमा गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न यस्तो व्यवस्था गरिएको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले बताए ।

कोरोना बीमा गरेर विदेश गई नेपाल आएको १५ दिनसम्म कोरोना बीमा स्वतः निलम्वनमा पर्नेछ । अर्थात कुनै व्यक्तिको बीमा गरिएको छ, उ काम विशेषले विदेश यात्रामा गएको छ भने विदेशबाट फर्केको १५ दिनसम्म कोरोनाको परिक्षणमा पोजेटिभ देखिएमा बीमा दावी पाइनेछैन । त्यस्तै विदेशमा पोजेटिभ भएको अवस्थामा पनि यस्तो बीमा सुविधा पाइने छैन ।

कोरोना बीमा राहत हो कि व्यापार ?
शुल्क तिरेर लिने सबै कुरा व्यापार हो । बीमाको सिद्धान्त तथा अन्तर्राष्ट्रिय अभ्यास अनुसार कोरोना महामारीको बीमा हुनै सक्दैन । त्यस्तै कुनै कम्पनीले कोरोना भाइरस विरुद्धमा जुनसुकै अवस्थाको बीमा गरेमा पुनर्बीमा कम्पनीहरुले कोरोना बीमाको लागि दावी भुक्तानी हुनेछैन । तर, सम्बन्धीत देशको सरकार वा नियामक निकायले जनतालाई राहत दिन सम्बन्धित देशभित्रैमा बीमा योजना सञ्चालन गर्न सक्दछ । नेपालमा बीमा समितिले गरेको त्यही हो । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईका अनुसार कोरोना लागेपछि मानिसले भोग्ने आर्थिक, समाजिक समस्याबाट छुटाकारा दिन

लघुबीमा योजना अन्तर्गत यो बीमा योजना सुरु गरिएको हो । विश्वव्यापी रुपमा कोरोना जस्तो महामारीको बीमा नहुने हुँदा नेपाली जनतालाई समाज सेवाको भावले राहत प्रदान गर्ने उद्देश्यले कोरोना बीमा सुरु गरिएको हो । बीमा समितिले बीमा शुल्क केही समयपछि समीक्षा गर्ने जनाएको छ । कोरोना महामारी नेपालमा धेरै बृद्धि नभएको अवस्थामा हाल तोकिएको शूल्क समेत घट्न सक्ने बीमा समितिको भनाई छ ।

परिवारको जस्तै संस्थागत बीमामा छुट पाइन्छ कि पाइदैन ?
कोरोना बीमामा सिंगो परिवारका सदस्यहरुको बीमा गरेमा प्रतिव्यक्ति १००० शुल्कमा ४० प्रतिशत छुट दिई रु ६०० मा बीमा गर्ने सुविधा छ । त्यस्तै कुनै कार्यालय, संस्थाले आफ्नो कार्यालय, कम्पनीभित्र कार्यरत सबै कर्मचारीहरुको बीमा गर्न चाहेमा पत्रसहित आवेदन दिँदा सो छुट पाइनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS