IME Life New

कोरोना बीमाको दावी भुक्तानीबारे बीमा समितिमा छलफल, कागजात पुगेको १२ दिन भित्रमा भुक्तानी गर्ने सहमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानी सहज बनाउने सम्बन्धमा हिजो बीमा समितिमा सबै बीमा कम्पनीका सिईओ र समितिका अध्यक्ष तथा कार्यकारी निर्देशक लगायतका उच्च अधिकारीका बीचमा छलफल भएको छ । बुधबार अपरान्ह भएको छलफलमा कोरोना बीमाको दावी भुक्तानी १२ दिनभित्रमा गर्ने सहमति भएको छलफलमा सहभागी एक बीमा कम्पनीका सिईओले बताए ।

बीमा समितिमा हिजो भएको सहमति अनुसार सबै बीमा कम्पनीहरुले कोरोना बीमितले सम्पूर्ण कागजात बुझाएको पाँच कार्यदिनभित्र बीमा पुलमा पठाउनु पर्नेछ । बीमा पुलले बीमा कम्पनीबाट कागजात प्राप्त भएको पाँच कार्यदिनभित्र भुक्तानी दिने सम्बन्धमा प्रमाणिकरण गरिसक्नुपर्नेछ । त्यसैगरी, बीमा कम्पनीले बीमा पुलबाट प्रमाणिकरण भई विवरण प्राप्त भएको दुई दिनभित्र बीमितलाई डिस्चार्ज भौचरमा हस्ताक्षर गराईसक्नुपर्ने सहमति हिजोको छलफलमा भएको छ ।

Esewa
Crest

गत सोमबार आर्थिक पत्रकारहरुको टोलीले अर्थमन्त्री विष्णु पौडेललाई भेट गरी कोरोना बीमाको दावी भुक्तानीका कारण सिंगो बीमा व्यवसाय बद्नाम हुँदै गएकोले तत्काल दावी भुक्तानीको व्यवस्था गर्न सुझाव दिएको भोलिपल्ट मंगलबार अर्थमन्त्रालयले बीमा समिति र बीमक संघलाई बोलाएर छलफल गरेको थियो । बीमा समितिले मंगलबार नै कोरोना बीमाको दावी भुक्तानी ७ दिनभित्र गरिसक्न सबै बीमा कम्पनीहरुलाई निर्देशन दिएको थियो । बीमा समितिको लिखित निर्देशन कार्यान्वयन गर्ने सन्दर्भमा हिजो बीमा समितिमा सबै बीमा कम्पनीका सिईओहरु उपस्थित भएर छलफल गरेका हुन् ।

यसैबीच, बीमा समितिले बोलाएर बैठकमा जनरल इन्स्योरेन्स कम्पनीका प्रतिनिधि कोही कसैले पनि उपस्थिति जनाएका छैनन् । बीमा समितिले सबै बीमा कम्पनीका सिईओहरुलाई उपस्थित हुन निर्देशन दिएको भएपनि जनरल इन्स्योरेन्समा सिईओ, कामु सिईओ तथा महाप्रबन्धक कोही पनि नभएकोले बुधबारको बैठकमा प्रतिनिधि विहिन भएको हो । जनरल इन्स्योरेन्स कम्पनीमा नयाँ सिईओ नियुक्ती प्रक्रियामा ढिलाई हुँदा नेतृत्व विहिन हुन पुगेको छ । कम्पनीका महाप्रबन्धक एसके तमोटलाई तीन महिना कार्यकाल थप गरिएको भएपनि उनले नियुक्ती पत्र नबुझी विदा लिएर घर हिडेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS