IME Life New

कोरोना बीमाको दावी भुक्तानीका कारण निर्जिवन बीमा कम्पनीहरु तनावमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानीका कारण निर्जिवन बीमा कम्पनीहरु तनावमा परेका छन् । ठूलो मात्रामा दावी परेपछि निर्जिवन बीमा कम्पनीहरुको तरलतामा हिट गर्ने भएपछि तनावमा परेका हुन् ।

कोरोना बीमाको दावी भुक्तानीको लागि करिब एक अर्ब पाइपलाईनमा छ भने थप ७० करोड भन्दा बढि दावी परिसकेको छ । थप दावीको कागजात तयार गर्न समय लाग्ने भएपनि हाल प्रक्रिया पूरा भई दावीका लागि पेश हुन आएकाहरुलाई दावी भुक्तानी गर्नु पर्दा तरलतामा समेत समस्या पर्न सक्ने एक बीमा कम्पनीका सिईओले जानकारी दिए । नाम उल्लेख नगर्ने शर्तमा ति सिईओले भने, ‘हामीले सबै रकम नगद मौज्दात राखेका हुदैनौं, लगानी गरेका हुन्छौं । कोरोना बीमाको दावी भुक्तानी एकै पटक गर्नु पर्ने अवस्थामा आएमा तरलता समस्या आउन सक्छ ।’

Esewa
Crest

कोरोना बीमाको दावी भुक्तानीका लागि परेका मध्ये आवेदन मध्ये अधिकांशको दावी भुक्तानी भएको छैन । बीमा समितिका अनुसार हालसम्म ९१ करोड रुपैयाँ दावी भुक्तानीको लागि कागजात पुगेर विभिन्न बीमा कम्पनीहरुमा फाइल पुगिसकेको छ । स्वास्थ्य मन्त्रालयमा प्रमाणिकरणको कारण रोकिएको कोरोना बीमा दावी भुक्तानीको सीमा एक अर्बभन्दा माथि निर्जिवन बीमा कम्पनीहरुले व्यहार्नुपर्ने छैन ।

कोरोना बीमा मापदण्ड २०७७ बमोजिम २० वटा कम्पनीले पाँच करोड रुपैयाँको दरले कोरोना बीमाको दावी भुक्तानीको दायित्व बहन गर्ने व्यवस्था छ । तर, कोरोना बीमाको दावी धेरै परेका कम्पनीहरुले एउटै कम्पनीले करोडौं रुपैयाँको दावी भुक्तानी दिनुपर्ने अवस्था आएपछि बीमा कम्पनीहरु तनावमा परेका हुन् । पछि हिसाब मिलान हुँने, पुनर्बीमा कम्पनीले भुक्तानी गर्ने भएपनि तत्काल नगद भुक्तानी बीमा कम्पनीमार्फत गर्नुपर्ने हुँदा नगद प्रवाहमा प्रभाव पार्न सक्ने देखिएका बीमा कम्पनीहरुको भनार्ई छ ।

कोरोना बीमाको तनाव कम झेल्नेमा नेशनल इन्स्योरेन्स र ओरियन्टल इन्स्योरेन्स छन् । उक्त दुई कम्पनीले कूल ३८ हजार जनाको मात्रै कोरोना बीमा गरेका छन् । पछिल्लो तथ्याङ्क अनुसार कूल कोरोना बीमा गर्नेको संख्या १५ लाख भन्दा बढि छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS