IME Life New

कोरोना बीमाको दावी भुक्तानी एकद्वार प्रणालीमार्फत गरिदै, २९ यताका दावी भुक्तानी रोकियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले संशोधित कोरोना बीमा मापदण्ड २०७७ लागू गरेपछि भदौं २९ गतेदेखि यताका कोरोना बीमा सम्बन्धी दावी भुक्तानी एकद्वार प्रणालीबाट हुने भएको छ । बीमा समितिले एकद्वार प्रणालीबाट दावी भुक्तानी गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको जनाएकोछ ।

कोरोना बीमाको दावी भुक्तानी दोहोरिन नदिन तथा छिटो र सरल बनाउन एकद्वार प्रणालीबाट भुक्तानी गर्न लागिएको हो । अहिले कोरोना बीमाको दावी भुक्तानी गर्नुपूर्व पुलमा फाइल पठाएर प्रमाणित गरेपछि मात्रै भुक्तानी गर्ने व्यवस्था गरिएको छ । अहिलेको सिष्टम झनै झन्झटिलो र फाइल ओसार पसारमा ढिलाई भइरहेको बीमा कम्पनीहरुले गुनासो गरेका छन् । एकद्वार प्रणाली बनाएर दावी भुक्तानी गर्दा छिटो र सरल हुने उनीहरुको भनाई छ ।

Esewa
Crest

बीमा समिति स्रोतका अनुसार कोरोना बीमाको दावी भुक्तानी एकद्वार प्रणालीबाट गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याइएको छ । प्रारम्भिक सहमति भइसकेको छ र सम्भवतः आज वा आइतबारसम्ममा कोरोना बीमाको दावी भुक्तानी एकद्वार प्रणालीमार्फत भुक्तानी गर्न निर्देशिका आउनेछ ।

कोरोना बीमाको दावी भुक्तानीको ठूलो लाइन कम्पनीहरुमा देखिएको छ । राष्ट्रिय बीमा कम्पनीमा मात्रै ६०० भन्दा बढि दावी पर्दा कामका चाप बढेको छ । कोरोना बीमा मापदण्डमा सबै कागजात पुरा गरेको ७ दिनभित्रमा दावी भुक्तानी गर्नुपर्ने उल्लेख भएपनि झण्डै एक महिनादेखि बीमितले रकम पाउन सकेका छैनन् । एकद्वार प्रणालीमा गएपछि प्रक्रिया सरल भई दावी भुक्तानी पनि चाँडो हुनेछ ।

यसैबीच, भदौं २९ गते यताका दावी भुक्तानी प्रक्रिया रोकिएको छ । बीमा समितिले जारी गरेको कोरोना बीमा मापदण्डमा बीमा पुलमार्फत एकद्वार नीति अन्तर्गत दावी भुक्तानी गर्ने व्यवस्था भए बमोजिम भदौं २९ गते देखि यता दर्ता हुन आएका सबै दावी भुक्तानी रोकिएको कम्पनीहरुले जनाएका छन् । रोकिएका दावी भुक्तानी एकद्वार प्रणालीमार्फत हुनेछ । भदौं २८ गतेसम्मको दावी भुक्तानी भने सम्बन्धित कम्पनीबाटै भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS