IME Life New

के तेश्रो पक्ष बीमा मात्र रोजेर जोगिने पैसाले नयाँ मोटर साइकल किन्न पुग्छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सबै प्रकारका मोटर वाहनका लागि तेश्रो पक्ष बीमा अनिवार्य छ। यस बाहेक सवारीधनीले आफ्नै सुविधाका लागि पनि सवारीको चोरी, दुर्घटना लगायतका जोखिम बहन हुने गरी सघन बीमा (कम्पोजिट इन्स्योरेन्स) गर्नु बुद्धिमानी हुन्छ।

बीस लाखदेखि करोड  रुपैयाँ भन्दा बढी मूल्यका सवारी साधन गुडाउँदै गर्दा सवारी दुर्घटना परि हाले वा चोरी, आगजनी, तोडफोड भई हालेको अवस्थामा आइपर्ने नोक्सानी र कानूनी झण्झटबाट चिन्तामुक्त रहन सघन बीमा ज्यादै जरुरी हुन्छ। केही सवारीधनी खासगरी दुई पाङ्ग्रे सवारीधनीहरुले दुई चार हजार रुपैयाँ जोगाउने लोभमा तेश्रो पक्ष बीमा मात्र गर्छन् । तेश्रो पक्ष बीमा गर्दा झण्डै आधा सस्तो पर्ने भएपनि मोटर साइकल नै चोरी भई हाल्यो भने कति महँगो पर्ला ? हामी सहजै अनुमान लगाउन सक्छौं ।

Esewa
Crest

विशेषगरी काठमाडौं उपत्यका बाहिरका शहरी क्षेत्रहरुमा जसो मोटर साइकल चोरीका घटनाहरु दोहोरिने गरेका छन् । मोटर साइकल धनीले दिएको सूचनाका आधारमा नेपाल प्रहरीले मोटरसाइकल बरामद गर्ने प्रयास गरेपनि शत प्रतिशत सफलता पाउँदैन । शहरी क्षेत्रमा चोरी भएका अधिका‌ंश मोटर साइकल प्रहरी र ट्राफिक प्रहरीको नगण्य उपस्थिति रहने वा गौडा ढुके पनि छल्न सकिने पर्याप्त बाटो घाटो भएका ग्रामीण क्षेत्रमा प्रयोगमा ल्याइने गरेको नेपाल प्रहरीको अनुसन्धानले देखाउँछ। यसबाहेक तराईका जिल्लामा चोरी भएका मोटरसाइकल सीमा पारी भारतीय बजारमा पुर्‍याएर फर्जी दर्ता नम्बरको आधारमा प्रयोगमा ल्याइने गरेको छ।

कम्तीमा दुई लाख देखि आठ लाख रुपैयाँभन्दा माथिको मूल्य भएका मोटरसाइकलहरु नेपालको सडकमा कुद्ने गरेको छ। मोटरसाइकल धनीमध्ये अधिका‌ंशले धनीले मोटरसाइकल दर्ता नविकरण गर्ने समयमा वा नयाँ मोटरसाइकलको नामसारी गर्ने समयमा तेश्रो पक्ष बीमा मात्र रोजेर दुई हजार देखि आठ हजार रुपैयाँसम्म जोगाउने प्रयास गरेका हुन्छ।

मोटर साइकल दुर्घटनामा परेर चालक वा पछाडी सिटमा बस्नेलाई वा दुर्घटनामा परेको मोटर साइकललाई क्षति नपुग्दा सम्म सम्पूर्ण बीमा खर्चिलो भए जस्तो लाग्छ। पार्किङमा राखिएको मोटरसाइकलमा क्षति नपुगेसम्म वा चोरी नभएसम्म पनि यो सघन बीमा बेक्कार लाग्न सक्छ। यसको विपरित सवारीधनी आफै‌ंले मोटर साइकल कुदाउँदै गर्दा आफ्नै लापरवाहीले मोटरसाइकल दुर्घटनामा पर्‍यो भने ? एकदमै सुरक्षित मानिएको आफ्नै कार्यालयको पार्किङमा राखिएका बेला वा आफ्नै घरको आँगनमा पार्किङ गरिएका बेला चोरी भई दियो भने ?  त्यति बेला जब बीमा कम्पनीले सरी तपाईको बीमालेखमा चालक स्वयमको दुर्घटनाको जोखिम वा सवारी चोरीको जोखिम समावेश छैन भन्ने जानकारी गराउँदा कस्तो अनुभूती होला ?

तेश्रो पक्ष बीमा मात्र गर्दा जोगाएको केही हजार रुपैयाँले नयाँ मोटर साइकल खरिद गरेर चढ्न स‌ंभव होला ? अवश्य पनि स‌ंभव हुनेछैन । त्यसैले थोरै पैसा जोगाउने लोभमा तेश्रो पक्ष बीमा मात्र गरेर मोटरसाइकलमा गरिएको लाख रुपैयाँभन्दा बढीको लगानीलाई खेर जान नदिनुहोस् बरु वर्षमा कुनै एक पटक मोटर साइकल सर्भिसिङवापतको पैसा जोगाई दिनुभयो भने मात्र पनि सघन बीमावापतको खर्चको जोहो गर्न स‌ंभव हुनसक्छ।

सघन बीमामा समावेश हुने जोखिमहरुः

१‍. आगलागी, चट्याङ, विष्फोटन, स्वजलन

२. भूकम्प, बाढी, डुबान, पहिरो, आँधी, असिना, हिउँ,

३‍. बाह्य कारणबाट भएको कुनै दुर्घटना

४‍. मोटरमा कुनै प्राविधिक कारणबाट भएको क्षति

५. चोरी, नकाबजनी

६. पारवहनमा रहेका बेला

७‍.आत‍ंककारी कृयाकलापका कारण(यो जोखिम स्वेच्छिकरुपमा समावेश गराउन सकिन्छ)

८‍. तेश्रो पक्ष प्रतिको दायीत्व बहनः यसमा तेश्रो पक्षलाई लागेको चोटपटक वा घाइतेको उपचार तथा मोटरको दुर्घटनाबाट कुनै भौतिक क्षति भएको भए त्यसको पूर्ती

तेश्रो पक्ष बीमामा समावेश हुने जोखिमः

१. तेश्रो पक्ष प्रतिको दायीत्व बहनः यसमा तेश्रो पक्षलाई लागेको चोटपटक वा घाइतेको उपचार तथा मोटरको दुर्घटनाबाट कुनै भौतिक क्षति भएको भए त्यसको पूर्ती

माथि दिईएको विस्तृत विवरणबाट नै तेश्रो पक्ष बीमा र सघन बीमामा समावेश गरिएको जोखिम बहनको सुविधाहरु स्पष्ट भएकाले तपाईको मोटरका लागि कुन बीमा प्याकेज उपयुक्त हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS