IME Life New

केरा खेती बीमाको लागत निर्धारण गर्न लागू गरिएको फर्मुला अव्यवहारिक भएको गुनासो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले केरा खेतीको क्षतिपूर्ती दाबी भुक्तानीमा देखि‌ंदै आएको समस्या सम्बोधनका लागि केराको बोटको लागत र क्षेत्रफलका आधारमा बोट स‌ंख्या निर्धारण गरिदिएको छ। प्राधिकरणले केरा खेती बीमा प्रयोजनका लागि प्रति बोटको लागत २ सय ७५ रुपैयाँ निर्धारण गरेको हो ।

प्राधिकरणका अनुसार केरा खेतीको बीमा प्रयोजनका लागि प्रति हेक्टर क्षेत्रफल जग्गामा बढीमा १ हजार ९०५ भन्दा बढी बोट मान्य हुनेछ। प्राधिकरणले केरा खेतीका लागि दुई लाइन बीचको दुरी ३ मिटर र दुई बोट बीचको दुरी पौने दुई मिटर(१‍.७५ मि) कायम रहने गरी प्रति हेक्टर क्षेत्रफलमा केराको बोट गणनाको फर्मुला तयार पारेको हो ।

Esewa
Crest
श्रोतः राष्ट्रिय फलफूल विकास केन्द्र

प्राधिकरणले बाली तथा पशुधन बीमा कोष व्यवस्थापन समितिको म‌ंसिर १५ गतेको बैठकले कृषि विभाग, राष्ट्रिय फलफूल विकास केन्द्र, प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना,कृषि हेर्ने प्रदेश मन्त्रालयबाट प्राप्त प्रतिवेदनका आधारमा केराको उत्पादन लागत गणनाको विधि तय गरेको उल्लेख गरेको छ।

समितिले सबै जातका केरा खेतीको लागतका लागि एउटै गणना विधि तय गरेकाले किसानलाई घाटा हुने भएको छ। कृषि प्राविधिकका अनुसार केराको जात अनुसार केराको बोटको उचाइँ र फैलावट फरक फरक हुने भएकाले एउटै विधि सबै केरा खेतीका लागि लागू गर्नु उपयुक्त हुँदैन।

माटोको उर्बरा शक्ति हावापानी र केराको जातको आधारमा क्षेत्रफल निर्धारण हुन्छ। राष्ट्रिय फलफूल विकास केन्द्र किर्तीपुरले प्रकाशन गरेको केरा खेती सम्बन्धी प्राविधिक पुस्तिकामा अग्ला जातका केराको बोटको लाइनको दूरी ३ मिटर र दुई बोट बीचको दूरी साढे २ देखि २ मिटरसम्म र होचा जातका बोटहरुको लाइन र दुई बोट बीचक दुरी समेत डेढ देखि २ मिटर कायम गर्नुपर्ने उल्लेख छ। साथै थोपा सिँचाई प्रविधि र उच्च घनत्व प्रविधिबाट व्यवस्थापन गरिने बँगैचामा अझै कम दूरीमा बिरुवा रोप्ने गरिएको छ।

प्राधिकरणले गत साउन १ गतेदेखि केरा खेतीका लागि बीमाशुल्क दर समेत कायम गरिदिएको छ। प्राधिकरणका अनुसार बीमा‌ंक रकमको ६.७५ प्रतिशतले हुने गरी बीमाशुल्क दर कायम गरिएको छ। अर्थात् १० हजार रुपैयाँ बीमा‌ंकको केरा खेती गर्दा किसानले बीमाशुल्कवापत ६७५ रुपैयाँ भुक्तानी दिनुपर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS