IME Life New

केन्ट आरओले ल्यायो दसैँ तिहार अफर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ईओएल प्रालि नेपालमा केन्ट उत्पादनहरुका लागि एकमात्र आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले यसपालिको दसैँ, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ।

भारत र नेपालमा पानी शुद्धीकरणका बजारमा ग्राहकले असाध्यै रुचाएको केन्ट आरओले नेपालको सबैभन्दा ठूलो उत्सव दसैँ र तिहारलाई लक्षित गर्दै ‘यो दसैँ–तिहार, केन्टसँग स्वास्थ्य र शुद्धता अँगालौँ’ भन्ने नारासहित जारी गरेको यस अफरअन्तर्गत केन्टको कुनै पनि आरओ मोडलको खरिदमा सीजी ब्रान्डको भ्याकुम फ्लास्क उपहारस्वरुप प्रदान गरिएको छ।

Esewa
Crest

यो ग्राहक योजना भदौ २८ गतेदेखि सम्पूर्ण नेपालमा सीमित अवधिका लागि लागू गरिएको छ।आज सफा पिउने पानीे आवश्यकता बनेको छ। प्रत्येक वर्ष लाखौँ नेपाली पानीजन्य रोगहरुले संक्रमित हुन्छन् र हजारौँले आफ्नो ज्यान गुमाउँछन्। तपाइँले पिउने पानीमा उच्च टिडीएस, ब्याक्टेरिया, भाइरस, कीटनाशक र अन्य हानिकारक रसायन समावेश हुन सक्छ।

यसका साथै घरहरुमा आपूर्ति गरिएको पानी रस्ट र पुरानो पाइपलाइनमार्फत आउने र अस्वस्थ ट्यांकीमा भण्डारण हुने गर्दछ। पिउनुभन्दा पहिले पानी शुद्ध छ भन्ने कुरा सुनिश्चित गर्न अत्यन्त महत्वपूर्ण छ। त्यसैले आरओबाट प्रशोधित भएको पानी परिवारको स्वस्थ जीवन र कल्याणका लागि महत्वपूर्ण आवश्यकता भएको छ। केन्टका उत्पादनहरु स्वास्थ्य र स्वच्छताका लागि परिचित छन्।

केन्ट ब्रान्डका अन्य वाटर प्युरिफायर, एयर प्युरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणरडिसइन्फेक्टेन्ट र स्मार्ट किचन उपकरण पनि सर्वत्र बजारमा उपलब्ध छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS