IME Life New

कृषि विकास बैंकले वार्षिकोत्सव नमनाउने भन्दा खल्लो लाग्योः गभर्नर अधिकारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कृषि विकास बैंकले वार्षिकोत्सव नमनाउनेभन्दा आफूलाई खल्लो लागेको बताएका छन्।

कृषि विकास बैंकको आज सम्पन्न ५७ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो धारणा राखेका हुन्। ‘हिजो साँझ कृषि विकास बैंकले वार्षिकोत्सव नमनाउने भन्ने कुरा सुनेँ, मलाई निकै खल्लो लाग्यो’, उनले भने, ‘तर, पछि फेरि वार्षिकोत्सव मनाउने कुरा सुनेपछि आज बिहान ११ बजेको मिटिङ छाडेर म यहाँ उपस्थित भएको छु।’

Esewa
Crest

बैंकभित्रको आन्तरिक मामिलाका कारण वार्षिकोत्सवजस्तो पर्व नमनाउने भन्ने कुरा नहुने गभर्नर अधिकारीको धारणा थियो। ‘कर्मचारीहरुको आआफ्नो दुःखेसो र चाहना होला, त्यसलाई बैंकको व्यवस्थापन पक्षले सम्बोधन गर्नुपर्छ’, उनले भने, ‘तर, वार्षिकोत्सव नै नगर्ने भन्ने हुँदैन। आज वार्षिकोत्सव भएको छ, हामी सबै खुसी हुनुपर्छ।’

कृषि विकास बैंक कृषिको अग्रणी बैंक रहेको पनि गभर्नर अधिकारीले सुनाए। ‘कृषिको लिड बैंक हो’, उनले भने।

एग्रिकल्चर फाइनान्सिङको काम पनि गर्दै आएको र अझै थप सेवाहरु विस्तार गर्नुपर्ने गभर्नर अधिकारीले सुझाव दिए। ‘यो बैंकले कृषि बन्ड निकालेको छ, कृषि क्रेडिकार्ड निकालेको छ’, उनले भने, ‘आजमात्रै कृषि ओभरड्राफ्टको सेवा लन्च भएको छ। अझै थुप्रै काम गर्न बाँकी छ। त्यसैले सबैले मिलेर जुन लक्ष्यका साथ यो बैंकको सुरुआत भएको थियो, त्यसलाई पूरा गर्नतर्फ लाग्नुपर्छ।’

कृषि विकास बैंक २०२४ सालमा स्थापित भएको हो। यो बैंकले २०४१ सालबाट कर्मियल बैंकिङ एक्टिभिटी सुरु गरेको थियो। ‘२०४१ सालमा पहिलोपटक प्रविधिको प्रयोग गर्ने बैंक पनि कृषि विकास बैंक नै हो’, गभर्नर अधिकारीले भने।

कृषि विकास बैंकले २०६२ सालमा ‘क’ वर्गको बैंक बनेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS