IME Life New

कृषि विकास बैंकको वार्षिक साधारणसभा पुस २९ मा, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि विकास बैंकले आफ्नो १८ औँ वार्षिक साधारणसभा डाकेको छ।

बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा भक्तपुरको बाडेस्थित बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १०.५३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ३ प्रतिशत बोनस शेयर र ७.५३ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्। सभाले अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीलाई तोकिएबमोजिमको चुक्तपुँजीको ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि स्वीकृत गर्नेछ।

सभाले बोनस शेयर वितरणपछि बैंकको हालको जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम नियमावली र प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। बैंकको नियमावली र प्रबन्धपत्रमा संशोधन गर्दा नियमनकारी निकायहरुबाट कुनै थपघटका लागि निर्देशन भएमा सोहीबमोजिम गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाले पारित गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १६ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS