IME Life New

कृषि बीमाको अनुदानमा सरकारको रु. १ अर्ब ६१ करोड खर्च

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले कृषि तथा पशुपन्छी बीमा अनुदान सुविधाको दुरुपयोग भएको प्रतिवेदन सार्वजनिक भइरहेका बेला गत आर्थिक वर्षमात्र किसानको नाममा १ अर्ब ६१ करोड ६२ लाख रुपैयाँ वितरण भएको छ।

नेपाल बीमा प्राधिकरणका अनुसार गत आव २०८०।८१ मा कृषि तथा पशुपन्छी बीमाको अनुदानबापत निर्जीवन बीमकलाई कुल १ अर्ब ६१ करोड ७२ लाख रुपैयाँ सरकारले अनुदान दिनुपर्ने दायित्व थियो। गत आर्थिक वर्षमा निर्जीवन बीमकले १ लाख ५६ हजार १२१ वटा कृषि तथा पशुपन्छी बीमालेखमार्फत कुल ४२ अर्ब १३ करोड बराबर बीमाङ्कको बीमालेख जारी गरेका थियो। यो रकमको बीमांकबराबरको बीमालेख बिक्रीबापत निर्जीवन बीमकले कुल २ अर्ब २ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए । योमध्ये ८० प्रतिशत रकम सरकारले व्यहोरेको छ।

Esewa
Crest
स्रोत: नेपाल बीमा प्राधिकरण वार्षिक प्रतिवेदन २०८०।८१

आर्थिक वर्ष २०८०।८१ मा निर्जीव बीमकले कृषि तथा पशुपन्छी बीमाअन्तर्गत १ अर्ब ५६ करोड ९१ लाख रुपैयाँ क्षतिपूर्तिबापत दाबी भुक्तानी दिएका छन् । कुल बीमाशुल्क रकमका आधारमा कृषि बीमाशुल्क आम्दानीको ७७.२० प्रतिशत रकम क्षतिपूर्ति दाबीबापत भुक्तानी भएको देखिन्छ।

कृषि तथा पशुपन्छी बीमाको बीमांक आर्थिक वर्ष २०७६।७७ मा २२ अर्ब ९ करोड ४९ लाख रहेकोमा आर्थिक वर्ष २०७७।७८ मा १९.४० प्रतिशतले वृद्धि भएर २६ अर्ब ३८ करोड रुपैयाँ बीमांक कायम भएको थियो । आर्थिक वर्ष २०७७।७८ को तुलनामा आर्थिक वर्ष २०७८।७९ मा बीमांक रकममा ६३.३३ प्रतिशतले उल्लेख्य वृद्धि भएर ४३ अर्ब ९ करोड रुपैयाँ पुगेको थियो। त्यसैगरी आर्थिक वर्ष २०७९।८० मा १.१८ प्रतिशतले संकुचन आएर बीमांक रकम ४२ अर्ब ५७ करोड ७५ लाख रुपैयाँ पुगेको थियो। आर्थिक वर्ष २०८०।८१ मा भने बीमांक रकम १.०४ प्रतिशतले घटेर ४२ अर्ब १३ करोड ५४ लाख रुपैयाँ पुगेको थियो।

नेपाल बीमा प्राधिकरणबाट २०६९ साल माघ १ गतेबाट बाली, पशुपन्छी तथा अन्य गरी ४ किसिमका बीमालेख जारी गरी औपचारिक रुपमा कृषि तथा पशुपन्छी बीमाको सुरुआत गरिएको थियो। आर्थिक वर्ष २०८०।८१ सम्ममा कृषि तथा पशुपन्छी बीमाअन्तर्गत २१ वटा बाली, ७ वटा पशुपन्छी र २ वटा जडीबुटी गरी जम्मा ३० किसिमका बीमालेख प्रचलनमा छन्।

नेपाल सरकारले कृषि बीमालाई प्राथमिकतामा राख्दै बीमितलाई कृषि तथा पशुपन्छी बीमाको बीमाशुल्कमा ८० प्रतिशतको अनुदान प्रदान गर्दै आएको छ। बीमा अनुदान सुविधाको दुरुपयोग भएको तथ्य फेला परेपछि सरकारले सीमान्तकृत, विपन्न तथा मध्यमस्तरका किसानले अधिकतम लाभ प्राप्त गरुन् भन्ने उद्देश्यले यो वर्ष कात्तिक १ गतेदेखि बीमाशुल्कमा अनुदान वितरण सम्बन्धी नयाँ कार्य विधि लागू गरेको छ।

बीमांक रकमका आधारमा ५० देखि ८० प्रतिशतसम्म अनुदान रकम कायम गरिएको छ। ५० लाख रुपैयाँ बीमांकसम्मको बीमामा ८० प्रतिशत र ५० लाखभन्दा माथि १ करोड रुपैयाँसम्म ६५ प्रतिशत र १ करोड रुपैयाँभन्दा बढी बीमांकको बीमामा ५० प्रतिशत अनुदान पाइने प्रावधान लागू गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS