IME Life New

कृषि तथा पशुपन्छी बीमाको दायरा बढाउने सरकारको घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले कृषि तथा पशुपन्छी बीमाको दायरा बढाउने घोषणा गरेको छ।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत कृषि, पशुपन्छी तथा मत्स्यपालन बीमाको दायरा बढाउने घोषणा गरेको छ। आज संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यसबारे जानकारी गराएका हुन्।

Esewa
Crest

कृषि तथा अन्य उद्योगका लागि आवश्यक कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्न प्रोत्साहन गर्ने सरकारले नीति लिएको छ। कृषि र कृषिमा आधारित उद्योगीलाई सहज ढंगले कृषि कर्जा उपलब्ध गराउने व्यवस्था मिलाइने पनि राष्ट्रपति पौडेलले बताए।

कृषि, पशुपन्छी तथा मत्स्यपालन बीमा सूचना प्रविधिमा आधारित बनाई बीमाको पहुँच र दायरा विस्तार गरिने सरकारको नीति रहेको पौडेलले बताए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS