IME Life New

कृषि तथा पशुपंक्षी बीमा पन्छाउँदै बीमा कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिन्धुली जिल्लाको लागि पशु पंक्षी तथा कृषि बीमा गर्ने जिम्मेवारी पाएको प्रिमियर इन्स्योरेन्स कम्पनीले बाख्राको बीमा नगर्न जिल्लास्थित शाखा कार्यालयलाई निर्देशन नै दिएको खुलेको छ । प्रिमियर इन्स्योरेन्स कम्पनीको सिन्धुली शाखा प्रमुख मोतिलाल यादवलाई किसानले दिनहु जसो टेलिफोन गरेर बाख्राको बीमा गर्न आग्रह गर्दा ‘अहिले रोकिरहेको छ, अलि पछि है’ भन्दै पन्छाउने गरेका छन् । इन्स्योरेन्स खवरले बिहिवार विहान ११ः२६ बजे प्रिमियर इन्स्योरेन्सको सिन्धुली जिल्ला शाखा कार्यालयमा सम्पर्क गर्दा शाखा प्रमुख यादवले सोही शब्द दोहोर्याए ।

प्रिमियर इन्स्योरेन्स मात्रै होइन, अन्य थुप्रै निर्जिवन बीमा कम्पनीहरुले पशु पंक्षी तथा कृषि बीमा अनेक बाहनामा पन्छाउँदै आएका छन् । बीमा समितिले पशु पंक्षी तथा कृषि बीमाको लागि २० वटै कम्पनीहरुलाई जिल्ला तोकेरै बीमा अभियान चलाउन र अनिवार्य रुपमा बीमा गर्न निर्देशन दिएको छ । तर, बीमा कम्पनीहरुले राम्रो मुनाफा नहुने भन्दै कृषि तथा पशुपंक्षी बीमा पन्छाउँदै आएका छन् ।

Esewa
Crest

पछिल्लो समय बीमा कम्पनीहरुले बाख्रा बीमा सकेसम्म पन्छाउने गरेका छन् । बाख्रा बीमा गर्दा प्रिमियम तत्काल संकलन नभई अनुदानको लागि पहल गनुर््पर्ने, बाख्राहरु धेरै नै मर्ने गरेकोले बीमा कम्पनीहरुले सकेसम्म पन्छाउने गरेको खुलेको छ । केही किसानहरुले बाख्रा बिरामी भयो भन्दै बीमा समितिमा रिपोर्ट गर्ने, काटेर खाने, ट्याग राख्ने अनि बीमाको लागि दावी गर्ने गरेको गुनासो बीमा कम्पनीहरुको छ । एक निर्जिवन बीमा कम्पनीका अधिकारीले भने, ‘पशु बीमा अन्तर्गत बाख्रा बीमाले बीमा कम्पनीहरुलाई फाइदा छैन, धेरै नै फ्रड केशहरु आएर हैरान भएका छौं ।’

नियमनकारी निकाय बीमा समितिले अनिवार्य गरेको कृषि बीमामा राम्रो मुनाफा नहुने भएपछि बीमा कम्पनीहरुले पन्छाउने जाने प्रवृत्तिले तत्कालका लागि बीमा कम्पनीहरुका लागि केही फाइदा भएपनि आम मानिसको बीमा पुर्याई बीमाको दायरा अझै फराकिलो बनाउने कार्यमा बाधा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS